अत्तरिया - नाम भिम खड्का । घर कैलालीको गोदावरी नगरपालिका वडा नं ११ ओलानी । उनी खासै मिडियामा आउन रुचाउदैनन् । उनले सोचेका थिएनन् कि म मोडलिङ क्षेत्रमा लाग्छु मोडल बन्छु । तर समय न हो कति बेला काहाँ लगेर जान्छ ।
कुनै समय भारतको मुम्बईमा नेपाली कलाकारहरुलाई बोलाएर समय समयमा कार्यक्रमहरु गर्ने उनी अहिले भने आफैलाई कार्यक्रममा र सुटिङमा जान भ्याइ नभईको अबस्था छ ।
यद्धपी अहिले कोरोनाका कारण सबै कार्यक्रमहरु ठप्प रहेका छन् । मुम्बईवाट घर फर्किएर सिधै सपनाको सहर काठमाण्डौ लागेका खड्का नेपाली गित संगित पाइला टेकेको छोटो समयमै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् ।
सबैको मनमुटुमा बस्न सफल गायक रामचन्द्र काफ्लेको रुप कि रानी गितवाट मोडलिङ क्षेत्रमा पाइला टेकेका खड्काले अहिले एक पछि अर्को सफल गितहरुमा मोडलिङ गरिरहेका छन् ।
उनले चर्चित गायक गायिका प्रमोद खरेल , बिष्णु माझी , अञ्जु पन्त , दिपक लिम्बु , रामचन्द्र काफ्ले , पुस्कल शर्मा , खुमन अधिकारी लगाएत प्राय सबैको गितहरुमा मोडलिङ गरिसकेको छन् ।
उनले अहिले सम्म एक सय भन्दा बढी म्युजिक भिडियोहरुमा मोडलिङ गरिसकेको छन् । यसका साथै उनले एउटा ठूलो पर्दाको चलचित्र र ७ वटा साना चलचित्रहरुमा पनि अभिनय गरेका छन् ।
उनी भन्छन् हिजो पनि संघर्षमा थिए अहिले पनि गर्दैछु । उनीलाई यो क्षेत्रमा लागेको अहिले लगभग ८ बर्ष भैसकेको छ । भरखरै मात्र उनले मोडलिङ गरेको ए पापिनी’ बोलको गीतले चर्चा बटुलिरहेको छ ।
सोमबार मात्रै रिजन नेपाल युटुब च्यानलबाट सार्वजनिक भएको उक्त गितको म्युजिक भिडियोमा मोडेल भीम खड्काले आफ्नी प्रेमिका साया भण्डारीलाई आफ्नो प्रेमिकाका लागि एक प्रेमि कति सम्म पागल हुन सक्छ र के के गर्न सक्छ भन्ने कुरालाई देखाइएको छ ।
उनीसंगै भिडियोमा पुष्पल शर्मा, राहुल रेग्मी लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।
गायक नेत्र भण्डारी र नलिमा परियारको कर्णप्रिय स्वरमा सजिएको ‘सर्जक रमेश परियारको शब्द एवम् संगीत रहेको छ । यस गीतलाई बिनोद बाजुरालीले एरेञ्ज गरेका हुन् भने भिडियोलाई निर्देशक देबेन्द्र कुवंरले निर्देशन गरेका हुन् ।
उनको पछिल्लो गितको भिडियो हेर्नुस....