अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं ५ गेटामा रहेको विश्व ज्योती महिला विकाश बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको १८ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यस बर्ष सबै शेयर सदस्यहरुलाई एकै ठाउँमा भेला नगरि चरमबद्ध रुपमा यही पुस १७ गतेदेखी सुरु भएको साधारण सभा आज संस्थाको प्रगणमा औपचारिक रुपमा सम्पन्न भएको हो ।
संस्थाकी अध्यक्ष देवकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघ कैलालीका अध्यक्ष फणी सापकोटा रहेका थिए भने विशिष्ट अतिथिमा राष्ट्रिय सहकारी बैंकका धनगढी शाखा प्रमुख कृष्ण रावल रहेका थिए ।
सुदूरपश्चिममा विभिन्न वर्गबाट पछाडी परेका महिलाहरुको उत्थानका लागि २०५८ साल जेठ ३० गते ३५ हजार शेयरपुँजीबाट सुरु भएको विश्व ज्योती महिला सहकारी संस्थामा आर्थिक वर्ष २०७६ र ०७७ को असार मसान्त सम्म १ करोड २० लाख ५३ हजार ८ सय ८ रुपैया शेयरपुँजी र १ हजार १ सय १९ जना शेयरसदस्य रहेका छन ।
संस्थाले उक्त आर्थिक वर्षमा कुल ७ करोड ४३ लाख ५३ हजार ४ सय १९ रुपैयाको आर्थिक कारोबार गरेको छ भने ६ लाख ८ हजार ४ सय ४४ रुपैया नाफा कमाएको छ । छरिएर रहेका पुँजीलाई एकिकृत गरी सदस्यहरुको आर्थिक तथा सामाजिक विकाश गर्ने मुल लक्ष्य लिएको संस्थाकी अध्यक्ष तुलसी देवकोटाले बताएकी छन् ।
उनले सहकारीका माध्यमवाट यहाँको अशिक्षा, गरिबी, र जनचेतनाको अभावका कारण सामाजिक, सांस्कृतिक र राजनैतिक रुपमा पछि परेका महिलाहरुको समस्यालाई मध्यनजर गरी उनीहरुको जिवनस्तर माथि उकास्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताइन् ।
उनले सहकारीमा आबद्ध शेयर सदस्यहरुको दैनिक फजुल खर्चमा कटौती गरी बचत गर्ने बानीको विकाश गर्न पनि सहकारी अग्रसर रहेको बताईन । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, शेयरसदस्य, कर्मचारी तथा पत्रकारहरुको सहभागीता रहेको थियो ।
सभाको समापन कार्यक्रममा अध्यक्ष देवकोटाले संस्थाको वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेकी थिईन भने संस्थागत प्रतिवेदन सचिव खिमा देवी ओझाले प्रस्तुत गरेकी थिईन ।
यसैगरी संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष लक्ष्मी भट्ट र आन्तरिक लेखा परिक्षण प्रतिवेदन लेखा समिति संंयोजक देवी ओझाले प्रस्तुत गरेकी थिईन ।
संस्थाले हाल गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकाका महिलाहरुलाई सेवा दिदै आईरहेको छ । संस्थाकी उपाध्यक्ष हेमलता बि.क ले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव खिमा देवी ओझाले गरेकी थिईन । कोरोना भाईरसको महामारीका कारण संस्थाले प्रतिनिधिमुलक साधारण सभा सम्पन्न गरको थियो ।