अत्तरिया - कैलालीको अत्तरियमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका विद्यार्थी युवाहरुको संयुक्त भेला सम्पन्न भएको छ । अनेरास्ववियू गोदावरी र राष्ट्रिय युवा संघ गोदावरीको संयुक्त आयोजनामा शुक्रवार गोदावरी नगरस्तरीय भेला सम्पन्न भएको हो ।
राष्ट्रिय युवा संघ गोदावरीका संयोजक बिक्रम बिष्टको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा ओली पक्षका केन्द्रिय सदस्य रतन थापा रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले ठूला नेताहरुको गल्तिले गर्दा पार्टी फुटको अवस्थामा पुगेको बताए ।
उनले आफूहरु एकजुट भएपनि पार्टीका ठूला महान नेताहरुले महान गल्ती गर्दा कार्यकर्ताहरु पिरमा परेको बताए । उनले अब पिर मात्रै नमानेर ओली नेतृत्वले घोषणा गरेको चुवानमा सबै कार्यकर्तालाई लाग्न आग्रह गरे । अबका दिनमा संगठन बिस्तार गरेर सरकारले गरेका राम्रा कामको प्रचार गर्नुपर्ने उनको भनाई छ ।
सरकारलाई काम गर्न नदिदाँ अहिलेको अवस्था आएको बताउँदै केन्द्रिय सदस्य थापाले अबका दिनमा यो सन्देश जनस्तरमा पु¥याउनु पर्ने बताए ।
कार्यक्रममा नेकपाका केन्द्रिय सदस्यहरु गोदावरी नगरपालिकाका नगरप्रमुख हरी सिं साउँद , गोकर्ण भट्ट ,उद्धव भट्टराई, पदम सिहं सिन्हाल, रण बहादुर चन्द, मदन शर्मा, प्रदेश कमिटी सदस्य मान बहादुर रावल, जिल्ला कमिटी सदस्य हरी फुलारा, केन्द्रिय सचिवालय सदस्य चुणामणि भट्ट, अनेरास्वीयु केन्द्रिय सदस्य मान बहादुर महरा, कुमार बडैला, युवा संघ पुर्व केन्द्रिय सदस्य मदन राज रेग्मी, युवा संघ जिल्ला संयोजक राजु बम, गोदावरी नगर कमिटी सचिव आनन्द भट्टले मन्त्यव्य राखेका थियो ।
अनेरास्वीयु केन्द्रिय सदस्य चन्द्र विष्टको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रमकोे सञ्चालन युवा संघ जिल्ला सदस्य गणेश महराले गरेका थिए ।