अत्तरिया - कैलालीको गोदावरी नगरपालिकामा आज एकै दिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीको सेती सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा गोदावरी नगरपालिकाका बिभिन्न वडाका ७ जना पुरुष र ३ महिला गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै सुदूरपश्चिमभर ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ५ वटा प्रयोगशालामा ४ सय ५५ जनाको नमूना परीक्षण गर्दा थप ७६ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २ सय ५० जनाको नमूना परीक्षण गर्दा ४८ जनामा कोरोना पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
जसमा कैलालीको गोदावरी नगरपालिकाका १० जना , धनगढी उप–महानगरपालिकाका १६ जना ,गौरीगंगा नगरपालिकाका २ जना , कञ्चनपुरको भीमदत्त नगरपालिकाका ४ जना, बेदकोट नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका ३÷३ जना, बेल्डाँडी गाउँपालिकाका १ जना, बाजुराको बडिमालिका नगरपालिकाका ८ जना र डडेल्धुराको अमरगढी नगरपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
यस्तै उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा ६६ जनाको परीक्षण ७ जना , जिल्ला अस्पताल डोटीको प्रयोगशालामा १७ जनाको नमुना परिक्षण गर्दा ३ जना, जिल्ला अस्पताल बझाङको प्रयोगशालामा ३६ जनाको नमुना परिक्षण गर्दा ५ जना, जिल्ला अस्पताल बैतडीमा ४९ जनाको नमुना परिक्षण गर्दा ६ जना र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा ३७ जनाको परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको छ ।
यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १३ हजार ९ सय १९ पुगेको छ ।