धनगढी -सुदुरपश्चिम प्रदेशको एक मात्रा उपमहानगरपालिका धनगढी उप–महानगरपालिकाले आर्थिक बर्ष २०७६÷०७७ को बार्षिक नीति , कार्यक्रम तथा बजेट आईतबार चौथो नगरसभामा पेश गरेको छ ।धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टले नगरसभामा १ अर्व ४८ करोड ४ लाख ४८ हजारको बजेट पेश गरेकी हुन । जसमध्य चालुतर्फ ७६ करोड ३६ लाख ४२ हजार १६६ रुपियाँ ३८ पैशा रहेको छ । पुँजीगत तर्फ ८१ करोड, ६८ लाख ५ हजार ८ सय ३३ रुपियाँ ६२ पैशा रहेको छ । नगरपालिकामा कार्यान्वयन हुने तर रातो कितावमा समावेश गर्न नपर्ने अनुदान तर्फको ५७ करोड ४२ लाख यस बजेटमा नसमेटिएको नगरसभा अध्यक्ष तथा धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए ।
समग्रमा बजेट बढेको छ तर यस पटक अनुदान नगरको बजेटमा समावेस नगर्ने परिपत्र भएकोले राखिएन । यस अघि अनुदानको अनुमानीत रकमलाई पनि बजेटमै जोडर राखिने गरेको नगरप्रमुख वडले बताए ।बजेट तथा कार्यक्रमले पूर्वाधार विकासमा सुधारीएको सडक, कृषीमा आधुनिकिकरण तथा ब्यावसायीकरणलाई जोड दिएको छ । शिक्षा क्षेत्रमा गुणस्तर ल्याउने, गुणस्तर तथा सर्वसुलभ स्वास्थ्य सेवामा सुधार, सूचना प्रविधी तथा संचारमा विकास, उद्यम र सहकारीको विकास, मानव संशाधन र सामाजिक विकास, पर्यटन प्रवद्र्धनको क्षेत्रमा बिशेष जोड, सामुदायीक बनको संरक्षण तथा ब्यबस्थापन र प्राकृतीक बिपद तथा पूर्व तयारी, राहत वितरण, पुर्नस्थापन, पुनःनिर्माणलाई प्राथमिकतामा राखेको छ ।कृषी तर्फ जैविक खेतीलाई प्रोत्साहन गर्ने, बगरखेतीलाई प्रोत्साहन गर्ने, एक घर दुई बिरुवा कार्यक्रमलाई निरन्तरता दिने, वडा नं १२ मा द्धारिका देवी कृषी अनुसन्धान केन्द्र स्थापना गर्ने लगायतका कार्यक्रम समावेश गरिएका छन् ।
पशु विकास तर्फ छाडा पशुचौपयामा भ्याक्सीनेशन, पशुको नस्ल सुधार, पशु विमा लगायतका कार्यक्रम समेटिएका छन् । पर्यटन विकास तर्फ कैलाली नाला, सुकुटी नाला, मोहना नदी किनारमा साईकल ट्रयाक निर्माण गर्ने, धनगढीका पर्यटकिय स्थल जोड्न खरिडोर तयार पार्ने, धनगढीका तालतलैयाहरुको विकास, संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि काम गर्ने, भादागाउँ होमस्टेको पवद्र्धन गर्ने लगायतका कार्यक्रम रहेका छन् ।
सामाजिक विकास तर्फ वालबालिका किशोर किशोरी संग उप–मेयर कार्यक्रम, शिक्षा तर्फ असहाय र बिपन्न संग मेयर कार्यक्रम, विद्यालयको पहुँच भन्दा बाहिर रहेका बालवालिकालाई ‘झिकाउ, टिकाउ र सिकाउ” कार्यक्रम संचालन गर्ने भनिएको छ । धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तथा नगरसभाका सदस्य सचिव नारायण प्रशाद सापकोटाले बार्षिक नीति , कार्यक्रम तथा बजेट माथीको छलफल जारी रहेको बताए । शोमबार बिहान ८ बजे बिहान पुनः बस्ने गरि नगरसभाको बैठक सम्पन्न भएको बताए ।