अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाका बिकट गाउँका किशोरीहरुलाई प्रजनन् स्वास्थ्य बारे जानकारी दिन थालिएको छ । अत्तरियामा रहेको आर्यान इन्टरप्राइजेजको आयोजना र किशोरीहरुका दिन नेपाल संस्थाको समन्ब्य गाउँ गाउँमै पुगरेर किशोरीहरुलाई प्रजनन् स्वास्थ्य बारे जानकारी दिन थालेको हो ।
सोही क्रममा आज पहिलो दिन गोदावरी नगरपालिकाको वडा नं १२ ओलानीका किशोरी तथा महिलाहरुलाई लामो समय सम्म प्रयोग गर्न सकिने सेनेटरी प्याड बितरण गर्दै प्रजनन् स्वास्थ्य बारे जानकारी गराइएको छ । किशोरीहरुका दिन नेपालकी अध्यक्ष माया खाइतीको सभापतित्वमा भएको कार्यक्रममा गोदावरी १२ का वडा अध्यक्ष भिम बहादुर खड्का प्रमुख अतिथी रहनुभएको थियो ।
यस्तै कार्यक्रममा वडा सदस्य राधिका जोशी बिशिष्ट अतिथी रहनुभएको थियो । ग्रामिण क्षेत्रका किशोरी तथा महिलाहरुलाई प्रजनन् स्वास्थ्य बारे जानकारी नहुदा भबिष्यमा बिभिन्न खाले संक्रमणको शिकार हुने भएकाले उनीहरुलाई यस बारे जानकारी दिन कार्यक्रम गरिएको अध्यक्ष माया खाइतीले बताइन् ।उनले कार्यक्रमा सहभागीहरुलाई प्रजनन प्रणाली र प्रजनन अंगहरुको स्वास्थ्य साथै यौनसंग सम्वन्धित विषयहरुको बारेमा जानकारी गराएकी थिइन् ।
उनले मानिस पुर्ण रुपमा स्वास्थ हुनका लागि उसमा प्रजनन अंगहरु ठीक, सबल हुनु मात्र नभई प्रजनन तथा यौन सम्बन्धित मानसिकता, दृश्टिकोण,अवधारणा, सोच पनि सकारात्मक हुनु जरूरी रहेको बताइन् ।
उनले यौन तथा प्रजनन् सम्बन्धि रोगहरु लागिहाले पनि समाजमा धेरै किशोरी तथा महिलाहरुले आफु भित्र लुकाएर राख्ने हुदा भबिष्यमा किशोरीको स्वास्थ्य माथि नराम्रो असर पर्ने बताइन् । कार्यक्रममा सहभागी माया बिष्टले किशोरी तथा महिलाहरुलाई महिनावारीको समयमा अपनाउनुपर्ने साबधानीका बिषयमा जानकारी दिएकी थिइन् ।यसका साथै उनले महिनावारीका समयमा प्रयोग गरिने सेनेटरी प्याडको प्रयोग र ब्यबस्थापनका बारेमा पनि जानकारी दिएकी थिइन् ।
कार्यक्रममा सहभागी किशोरीहरुलाई डोटेरा हेलिङ हेन्डस्को सहयोगमा सेनेटरी प्याड पनि बितरण गरिएको थियो । कार्यक्रममा डोटेरा हेलिङ हेन्डस्का नेपाल प्रतिनिधि राजेश अधिकारीको पनि उपस्थिती रहेको थियो ।