धनगढी -नेकपा प्रचण्ड -माधव समुहका नेता भिम रावलले प्रधानमन्त्री ओलीले संसद बिघटन गरेर देश र जनता प्रति गम्भिर घात गरेको आरोप लगाएका छन् । धनगढीको कर्बडहलमा भेला भएका नेता कार्यकर्तालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
उनले पूर्वमाओबादी र एमाले बिच भएको पार्टी एकतामा केपी शर्मा ओलीले अहिले आएर गम्भिर घात गरेको आरोप लगाए । ओलीले जनता को बहुदलिय जनबादलाई पार्टी एकता गर्दा खेरी नै छोडेको हुँदा अहिले जनताको बहुदलिय जनबादको अंगल्ग्न खोज्नु हास्यांस्द रहेको रावलको तर्क रहेको छ ।
'कोरोना कहरको बेला सरकारलाई पार्टीले पुरा साथ दिएको थियो,' रावलले भने ,' तर ओलीले पार्टी फुटाउने बिधेयक ल्याउन खोजे, उनी पहिले देखी पार्टी फुटाउन उदत थिए ।'
'ओलीले पार्टीको अध्यक्ष भएर पनि पार्टीको बैठकमा आएर कहिले पनि पार्टीका नेताहरुले उठाएका प्रश्नको जबाब दिएनन्,' नेता रावलले भने ,' पटक पटक उनलाई सच्च्याउन खोज्यौं, लिखित ,मौखिक रुपमा पूर्व प्रधानमन्त्रीहरुले समेत ओलिलाई बैठकमा बोलाउनु भयो तर ओली निरकुंश शैलीमा अगाडी बढे ।'
बालुवाटारमा ओलीले पक्षले गरेको केन्द्रिय समितीको बैठक ओली गुटको भेला मात्रै भएको रावलको भनाई छ। नेता रावलले निरकुंश शाशकको शैलीमा मन्त्री परिषदको बिस्तार गरिएको प्रती चर्को बिरोध गरे । निर्बाचन आयोगले प्रचन्ड माधव नेत्रित्वमा रहेको नेकपालाई नै बैधानिक पार्टीको मान्यता दिने दाबी गरे । रावलको स्वागतको लागी उनका समर्थकहरु ठुलो संख्यामा गेटा बिमानस्थल पुगेका थिए ।