अत्तरिया - कैलालीको गोदावरी नगरपालिकामा रहेका वडाहरुले यतिबेला आफ्नो तेस्रो वडा भेला सम्पन्न गरिरहेका छन् । वडाहरुले आफ्नो वडा भित्र चालु आर्थिक बर्षमा भए गरेका बिकास निर्माणका कामहरु र आगमी आर्थिक बर्षका निति तथा कार्यक्रमहरु वडा भेलामा प्रस्तुत गरिरहेका हुन् ।
शुक्रवार गोदावरी नगरपालिका वडा नं २ को वडा भेला सम्पन्न भएको छ भने शनिवार वडा नं १ को वडा भेला सम्पन्न भएको छ । गोदावरी नगरपालिका वडा नं २ का वडा अध्यक्ष कृष्णराज जोशीले वडाबासीका आवश्यकता अनुसार कार्यक्रम ल्याइने बताए । उनले आफ्नो वडामा पूर्वाधार निर्माण, पर्यटन प्रवद्र्धन, शैक्षिक र आर्थिक विकासमा जोड दिएको बताए ।
गोदावरी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष शर्मानन्द भट्टको सभापतित्वमा शनिवार सम्पन्न भएको वडा नं १ को वडा भेलामा गोदावरी नगरपालीकाका प्रमुख हरि सिं साँउद प्रमुख अतिथि रहनु भएको थियो । यस्तै बिशिष्ट अतिथिमा गोदावरी नगरपालिकाकि उपप्रमुख रत्ना कडायत रहनु भएको थियो । कार्यक्रममा गोदावरी नगरपालिका वडा नम्बर १ को आर्थिक बर्ष २०७६ ÷०७७ को निति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । वडालाई आर्थिक बर्ष २०७६ ÷०७७ मा जम्मा ८० लाख बजेट छुट्याईएको छ ।
जसमा पुर्वधार बिकास तर्फ ४४ लाख ८० हजार , सामाजिक बिकास तर्फ २१ लख , आर्थिक बिकास तर्फ ८ लाख , बाताबरण तथा बिपद् ब्यबस्थापन तर्फ ३ लाख र सार्वजनिक सेवा तथा क्षमता बिकास तर्फ ३ लाख २० हजार बजेट छुट्याइएको छ । कार्यक्रममा बोल्दै नगरप्रमुख हरि सिं साँउदले नगरपालिका भित्र रहेका प्रत्येक वडाका समस्याहरुलाई प्राथमिकताका साथ अगाडि बडाउनुपर्ने बताए । उहाले गत जेष्ठ २३ गते आएको हावाहुरीका कारण आर्थिक बर्षको निति तथा कार्यक्रम ल्याउन केही ढिलाई भएको बताए ।
नगरप्रमुख साँउदले यसक्षेत्रका युवाहरुलाई बैदेशिक रोजगार जान बाट रोक्न नगरपालिकाले रोजगारिका अवसर सिर्जना गर्ने बताए । यस्तै कार्यक्रमा बोलदै उपप्रमुख रत्ना कडायतले जनतालाई ढाड सेकनेगरि कर नबडाएको बताए । वडा नं १ का अध्यक्ष शर्मानन्द भट्टले महिला दिदिबहिनाहरुका लागि पनि आर्यआर्जनका साथै सिपमुलक कार्यक्रमहरु , सबै जातजाति धर्मलाई समेटने गरेर कार्यक्रम ल्याइने बताए ।