अत्तरिया - कैलालीको अत्तरियामा वातावरण सम्बन्धि जनचेतना अभिबृद्धि तथा बिबिध सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । “स्वच्छ वातावरण महाअभियानका लागि अभियन्ता तथा कलाकार सहितको सडक प्रदर्शनी तथा सरसफाई अभियान” भन्ने मुल नाराका साथ गोदावरी नगरपालिका वडा नं २ मा रहेको सत्यवती एकेडेमीको प्रांङ्गणमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल सरकार वन तथा बाताबरण मन्त्रालय वातावरण विभाग काठमाण्डौको आयोजना , राष्ट्रिय लोक सांस्कृतिक प्रतिस्ठान नेपाल अत्तरियाको संयोजन र सत्यवती एकेडेमी स्कूलको ब्यबस्थापनमा कार्यक्रम भएको थियो । राष्ट्रिय लोक सांस्कृतिक प्रतिस्ठान नेपाल अत्तरियाका अध्यक्ष लिलाधर बास्कोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उधोग ,पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट प्रमुख अतिथी रहनुभएको थियो ।
यस्तै कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उधोग ,पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश बहादुर रावल , प्रदेश सांसदहरु चुनकुमारी चौधरी र कुन्ती जोशी बिशिष्ठ अतिथी रहनु भएको थियो । बढ्दो जलवायु परिर्वतन र वातावरण बिनासले दैनिक बिभिन्न खालका दैविक प्रकोपका घटनाहरु बढिरहेकाले त्यसलाई देशैभर न्युनिकरण गर्नका लागि जनचेतनामुलक कार्यक्रम सहित सास्कृतिक कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय लोक सांस्कृतिक प्रतिस्ठान नेपाल अत्तरियाका अध्यक्ष लिलाधर बास्कोटाले बताए ।
उनले प्रकृतिक सौर्दयताले भरिपुर्ण सुदुरपश्चिम प्रदेशलाई कसरी स्वाच्छ , सफा र वातावरणमैत्री बनाउन सकिन्छ भन्ने उध्ेश्यका साथ गित , नृत्य र नाटक मार्फत जनचेतना दिइएको बताए ।
यसअघि कार्यक्रम सुरु हुनुपुर्व बाजागाजा सहित अत्तरिया बजार परिक्रमा गरिएको थियो । कार्यक्रममा वातावरण सम्बन्धी गित, नाटक, देउडा गित, झुमरा नाच, थारु नाच, सखिया नाच र राष्ट्रिय तथा स्थानिय कलाकारका साथै बिभिन्न बिधालयका बिधार्थीहरुको सांस्कृति प्रस्तुति पनि राखिएको थियो । कार्यक्रममा स्थानिय समाजसेवी , बुद्धिजिवी , शिक्षक अभिभावक लगाएत दुर्गालक्ष्मी नमूना माबि र सत्यवती एकेडेमीका बिद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन गोमा ढकालले गर्नुभएको थियो ।