काठमाण्डौँ - नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रुपियाँले ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रुपैयाँ तोकेको छ। छापावाला सुन सोमबार प्रतितोला ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, तेजाबी सुन आजका लागि प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार हुने गरी तोकिएको छ। तेजाबी सुन प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा सोमबार कारोबार भएको थियो।
यसैगरी चाँदी प्रतितोला पाँच रुपैयाँले घटेको छ। प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा सोमबार कारोबार भएको चाँदी आज भने प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार हुने गरी मूल्य तोकिएको छ।