अत्तरिया - कैलालीको अत्तरियामा वडा स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । गोदावरी नगरपालिका वडा नं १ मा चैतन्यपुरमा रहेको लाटा भूमिराज युवा क्लव (एलवाईसि) को आयोजना सुरु भएको खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको आज कार्यक्रमका बिच वडा नं १ का अध्यक्ष शर्मानन्द भट्टले उद्घाटन गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै वडाध्यक्ष भट्टले अन्य खेलहरु संचालन भएपनि तराई क्षेत्रमा भलिबल प्रतियोगिता कमै मात्रमा हुदा भलिबल खेल ओझेलमा परेको बताए ।
उनले स्थानिय स्तरमा आयोजना हुने यस्ता खालका प्रतियोगिताले भलिबल तर्फका खेलाडीहरुलाई थप उर्जा मिल्ने र युवाहरुलाई भलिबल खेलकुद प्रती अझ आकर्षित गर्ने बताए ।गोदावरी नगरपालिकाका प्रबक्ता समेत रहेको भट्टले नगरभित्र खेलकुदा गतिबिधिहरु अगाडी बढाउन र खेल क्षेत्रको विकासका लागि नगरपालिका सदैव तयार रहेको बताए । यस्तै उनले अबका दिनहरुमा खेलकुद प्रतियोगिताको आयोजना संगै खेलकुदका भौतिक पुर्वाधार विकासमा नगरपालिकाले जोड दिएको बताए ।
यही प्रतियोगिता संचालन भईरहेको एलवाईसिको चैतन्यपुर खेल मैदानलाई व्यवस्थित बनाउन नगरपालिकाले योजना बनाईरहेको बताउँदै उनले अब छिटै मैदानको डिपिआर तयार गरेर अन्य कामलाई अगाडी बढाइने बताए । वडा नम्बर १ को सहयोगमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा एलवाईसिका अध्यक्ष मान बहादुर बलायर सभापति रहेका थिए भने वडा नम्बर १ का वडा सदस्य कृत बहादुर चन्द बिशिष्ट अतिथिमा रहेका थिए ।
क्लबका सल्लाहकार समिति सदस्य खेमराज भट्टले स्वागत मन्त्यव्य राखेको कार्यक्रमको संचालन सिद्ध बोहराले गरेका थिए ।
उद्घाटन खेलमा वनदेवि युवा क्लव बिजयी
आजको पहिलो खेलमा वनदेवि युवा क्लव बिजयी भएको छ । उद्घाटन खेलमा आयोजक एलवाईसि अत्तरियालाई २–१ को सेटमा हराउदै गोदावरी २ तेघरीमा रहेको वनदेवि युवा क्लवले बिजयी भएको हो ।प्रतियोगिता अन्तरगत आईतबार भोली ३ ओटा खेल खेलाईने आयोजक एलवाईसिले जनाएको छ । प्रतियोगितामा ८ ओटा टिमको सहभागिता रहेको छ । जसको बिजेता टिमले ५१ हजार, उपबिजेता टिमले २५ हजार र तेस्रो हुने टिमले ७ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
प्रतियोगितामा सर्वोकृष्ट खेलाडीलाई ३ हजार, उत्कृष्ट लिफ्टर, उत्कृष्ट बलकर, उत्कृष्ट स्पाइकर र उदयमान खेलाडीलाई १५÷१५ सयका दरले पुरस्कृत गरीने आयोजकले जनाएको छ । प्रतियोगिता पुस ८ गते समापन हुने छ ।