अत्तरिया - सुदुरपश्चिम प्रदेश सांसद चुनकुमारी चौधरीले अब हरेक नागरिकहरु ब्यबसायिक बन्नुपर्ने बताउनु भएको छ । सासंद चौधरीको पहलमा सुदुरपश्चिम प्रदेश सरकारको बजेटवाट गोदावरी नगरपालिका वडा नं ६ लालपुरमा घरेलु तथा साना उधोगले आयोजना गरेको ४५ दिने बेतका सामाग्री बनाउने तालिमको समापन कार्यक्रममा बोल्दै सासंद चौधरीले यस्तो बताउनुभएको हो ।
उनले अब परम्परागत पेशालाई छोडेर आधुनिक तबरले ब्यवसाय गर्न सम्पुर्णलाई आग्रह गरिन् । अहिले स्थानिय , प्रदेश र केन्द्र सरकारले बिभिन्न खालका सिप मुलक तालिमहरु दिइरहेकाले उक्त तालिम लिएर सबैले आ आफ्नो ब्यबसाय गरेमा बेरोजगारी समेत घट्दै जाने उनले बताइन् । ‘तपाईहरु जति सकिन्छ तालिम लिनुस् , त्यो तालिम सिकेर मात्रै हुदैन् सिकेको कुरालाई ब्यबहारमा लागु गर्नुस , पक्कै पनि तपाईले एक दिन सफलता हासिल गर्नुहुन्छ ’ उनले भनिन् – ‘तपाई संग पुँजी छैन चिन्ता नगर्नुहोस यदि सिकेको सिपलाई ब्यावहारमा लागु गरेर ब्यबसायिक बन्ने हो भने त्यसका लागि प्रदेश सरकारमा म कुरा उठाउछु । ’
उनले ठुलो नसकेपनि गाँउघरमै साना तथा मझौला उधोगहरु खालेर ब्यवसाय गर्न चाहानेलाई प्रदेश सरकारले सहयोग गर्ने बताइन् । थुपै तालिमहरु मात्रै लिएर केहि नहुने बताउदै उनले सिकेको कुरालाई सबैले ब्यवहारमा लागु गरेमा सरकारको लगानी समेत खेर नजाने बताइन् । ‘बजारको कमी पनि छैन ’ उनले भनिन् –‘ अहिले १२ जनाले यो बेत बासका सामाग्रीहरु बनाउने तालिम लिनुभएको छ , यो जाता ततै पाइदैन् , अत्तरिया बजारमा एक , दुई वटा सटर खोल्नुस् किन चल्दैन ।’
आफुहरुको काम बाटो देखाउने भन्दै उनले देखाएको बाटोमा हिड्ने नहिड्ने इच्चा आ आफ्नो रहेको बताइन् । उनले आफ्नै पहलमा प्रदेश सरकारको बजेटवाट केहि दिन पहिले लालपुरमै सालको पातको टपरी बनाउने तालिम सम्पन्न भएको बताइन् । तालिम सिकेर केहि गर्न चाहानेहरुका लागि आफुले प्रदेश सरकारवाट बिभिन्न खाले सिप मुलक तालिमहरु ल्याउने उनको भनाई थियो ।
गोदावरी नगरपालिका वडा नं ६ का वडा कार्यवाहाक वडाअध्यक्ष धन बहादुर खड्काको सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा सुदुरपश्चिम प्रदेश सासंद चुनकुमारी चौधरी प्रमुख अतिथी रहनुभएको थियो । यहि बैशाख ८ गतेवाट सुरु भएको बेतका सामाग्री बनाउने तालिममा १२ जना स्थानिय महिलाहरुको सहभागिता रहेको थियो ।
तालिमको प्रशिक्षण बल बहादुर चौधरीले दिनुभएको थियो । स्थानिय समाजसेवी , बुद्धिजिवी , शिक्षक , पत्रकारको सहभागितामा सम्पन्न समापन कार्यक्रमको संचालन घरेलु तथा साना उधोगका उधम बिकास सहजकर्ता देव सिं ठगुन्नाले गर्नुभउको थियो ।