अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं २ अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना मा।विका पूर्व बिधार्थीहरुको नेतृत्वमा गोदावरी आर्यघाटको बृहत सरसफाई गरिएको छ । २०५८ सालका एसएलसी ब्याजका बिधार्थीहरुको आयोजनामा आज बिहान आर्याघाटमा वरपर अस्तब्यस्त रुपले फालिएका फोहोरहरुको ब्यबस्थापन गरिएकोे हो ।
अत्तरिया बजार आसपासको फोहोरहरु नगरपालिकाले उठाउने गरेको भएपनि गोदावरी आर्याघाट आसपासको फोहोरको उचित ब्यबस्थापन हुन नसक्दा कुरुप भएको थियो । आर्याघाटको अबस्था नाजुक देखेपछि पूर्व बिधार्थीहरुको हैसियतले केही नयाँ काम गर्नुपर्छ भन्ने सोचका साथ बृहत सरसफाई कार्यक्रमको आयोजना गरिएको दुर्गालक्ष्मी उच्च माविका पूर्व बिधार्थी एबम् अभियानका संयोजक भरत खड्काले जानकारी दिए ।
उनले यो अभियानलाई अभै निरन्तरता दिदै अन्य ठाउँहरुमा पनि सरसफाई गर्दै जाने बताए । उनले शव ब्यबस्थापनका लागि दैनिक रुपमा कैलाली कञ्चनपुरका बिभिन्न ठाउँहरुवाट गोदावरी आर्याघाटमा आएपनि साथमा ल्याएका लत्ताकपडा, पानीका बोत्तल लगाएतका अन्य बस्तुहरु बाटोमै जथाभावी फाल्दा अस्तब्यस्त भएको पछि समस्या निम्तने हुदा समयमै यसको ब्यबस्थापन हुनुपर्ने बताए ।
उनले कार्यक्रममा सहभागी भएका सबैलाई धन्यवाद दिदै आगामी दिनहरुमा पनि साथ सहयोगको अपेक्षा गरेको बताए ।
उक्त बृहत सरसफाई कार्यक्रममा दुर्गालक्ष्मी नमुना माविका शिक्षकहरु , २०५८ सालका एसएलसी ब्याचका बिधार्थीहरु , तेघरी स्थित भवानी दल गणका नेपाली सेनाहरु , सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरिया , ईलाका प्रहरी कार्यालय मालाखेती , गोदावरी पोष्टका प्रहरी , बिभिन्न क्लबका पदाधिकारीहरु , अत्तरियाका बिभिन्न संघसंस्थाका प्रतिनिधि , पत्रकार लगाएतको सहभागीता रहेको थियो । 





