अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाका २ जना सहित सुदूरपश्चिम प्रदेशमा ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न ५ वटा प्रयोगशालामा मार्फत गरीएको परीक्षणमा गोदावरीका २ जना सहित थप ८३ जनामा संक्रमण पुष्टि भएको हो ।
धनगढी स्थित सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ४ सय ८ नमूना परीक्षण गर्दा ५७ जनामा संक्रमण पुष्टि भएको हो । जसमा कैलालीको गोदावरी नगरपालिकाका २ जना , धनगढी उप–महानगरपालिकाका १२ जना , भजनी नगरपालिकाका ५ जना, कैलारी र जानकी गाउँपालिकाका २÷२ जना, टीकापुर नगरपालिकाका १ जना र ठेगाना नखुलेका ७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
यसैगरि कञ्चनपुरको भीमदत्त नगरपालिकाका ४ जना, बेदकोट नगरपालिकाका २ जना, शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिकाका १÷१ जना, कञ्चनपुरकै ठेगाना नखुलेका ३ जना , बाजुराको बडीमालिका नगरपालिकाका १४ जना र दार्चुलाका १ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।
उता बझाङ अस्पतालको प्रयोगशालामा १५ जना , डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४ जना , बैतडी अस्पतालको प्रयोगशालामा १ जना , अछामको कमलबजार प्रयोगशालामा गरीएको परीक्षणमा अछाममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।