अत्तरिया - उधोगी , ब्यबसायीका हक हित संगसंगै बिभिन्न सामाजिक कार्यमा सदैव अग्रसर रहदै आएको गोदावरी चेम्बर अफ कर्मशले हावाहुरीले घरवार बिहिन बनेकी हिमसरा बि।कलाई सहयोग गरेको छ । एकल महिला समेत रहेकी हिमशरा हावाहुरीले घरवार बिहिन बनेपछि उनलाई खान र बस्नका लागि चेम्बर अफ कर्मशले सहयोग गरेको हो ।
कैलालीको गोदावरी नगरपालिका वडा नं ११ ओलानीमा बस्दै आएकी हिमसराको घर गएको जेठ २३ गते आएको भिषण हावाहुरीले भत्काएपछि उनी घरवार बिहिन बनेकी थिइन् । स साना ४ छोरा र १ छोरीकी आमा रहेकी हिमसरा श्रीमान बितेपछि माईतीले दिएको एक कठ्ठा जमिनमा सानो कच्ची घर बनाएर बस्दै आएकी थिइन् । उनलाई यस्तो दुख परेको बेला कसैले पनि नहेरेपछि आफुहरुले उनलाई बस्नका लागि २ कोठे ट्रष्ट बनाउन लागेको गोदावरी चेम्बर अफ कर्मशका अध्यक्ष बिनोद मल्ल बिप्लभले जानकारी दिए । उनले यसका लागि नेपाल चेम्बर अफ कर्मशको तर्फवाट ५० हजार रुपैया समेत सहयोग भएको र बाकि सबै खर्च गोदावरी चेम्बर अफ कर्मशले ब्यहोर्ने बताए ।
चेम्बर अफ कर्मशका पदाधिकारीहरुले आज २ कोठे ट्रष्टका लागि आवश्यक सामागी्रहरु संगै चामल , दाल , नुन, तेल लगाएतका खाध्यन्न समाग्री , ओड्ने बिछ्याउने बिस्तरा र खाना पकाउन चाहिने भाडाकुडाहरु पिडित हिमसरालाई हस्तान्तरण गरेका हुन् । हावाहुरी पिडितहरुका लागि प्रदेश र स्थानिय सरकारले घोषणा गरेको राहत त परै जाओस राहातको नाममा अहिले सम्म एक त्रिपाल समेत नपाएको हिमसरा बि।कले गुनासो गरिन् ।
राहातका लागि भनेर सबैले नाम टिपाए , निबेदन दिए तर आफुलाई काहा जाने के गर्ने भन्ने बारे अहिले सम्म कुनै जानकारी नभएको उनले बताइन् । दैनिक मजदुरी गरेर खाने हिमसराले राहत पनि जाने बुझेका र पहुच भएकाहरुले मात्रै पाउने गरेकोमा दुख ब्यक्त गरिन् ।
हावाहुरीले प्रभाबित बनेको यति लामो समय हुदा सम्म अहिले सम्म आफ्नो घरमा कोहि नपुगेको उनले बताइन् । ‘माईतीले बनाइदिएको सानो टायल लाएको घरको छानो सबै हवाहुरीले उडायर लगेपछि अहिले स साना केटाकेटीलाई अंगालोमा हालेर खुल्ला आकाशमुनी बस्नु परिरहेको छ ’ उनले भनिन् – ‘तर मैले अहिले धेरै सहयोग पाए , कसैले भएपनि मेरो दुख पिडाहरु देख्यो बुझ्यो ।
’ गोदावरी नगरपालिका भित्र रहेका हिमसरा जस्तै अन्य पिडितहरुका लागि चेम्बर अफ कर्मश जुनसुकै सहयोग गर्न पनि तयार रहेको अध्यक्ष मल्लले बताए ।