धनगढी - नेपाली काँग्रेसका केन्द्रिय सदस्य गगनकुमार थापाले सरकारलाई ठेगानमा ल्याउन कांग्रेस सडकमा आएको बताए । कैलालीको धनगढीमा सोमबार सरकार बिरोधी सभालाई सम्बोधन गर्दै उनले भने सरकार बरालिएको छ त्यसैले सरकार ठेगानामा नआए सम्म कांग्रेस सडक मै रहनेछ । नेकपाको बर्तमान सरकार प्रती निकै आक्रोसित देखिएका नेता थापाले प्रधानमन्त्री ओलीको चर्को आलोचना गरे । उनले अहिलेको सरकार ईतिहास कै शक्तीशाली सरकार भएपनी केही गर्न नसकेको बताए । केन्द्र प्रदेश र स्थानिय सरकारमा नेकपाको बहुमत भएपनी सरकारले हावादारी सपना बाहेक अरु केही गर्न नसकेको उनको आरोप छ ।
'भ्रष्चाटार प्रधानमन्त्रीको संरक्षण हुँदै आएको छ , भ्रष्चाटारी खोज्न कहिं जानु पर्दैन सिंहदरबार बालुटार गए पुग्छ ,'पूर्वमन्त्री समेत रहेका थापाले भने,' अहिले सम्म जती भ्रष्टाचारका कुरा आए सबैमा प्रधान्मन्त्रीको संरक्षण रहँदै आएको छ । उनले नेकपा कुनै पार्टी नभएर लोभि पापीहरुको मन्च भएको जिकिर गरे । नेकपा कुनै बाद बोकेको पार्टी नभएको उनको भनाई छ ।
'नेपालको नेकपाको माओलाई हेर्ने दृष्टिकोण के हो ,बिस्व कम्युनिष्टलाई हेर्ने धारणा के हो नेकपा सँग जबाब छैन,' नेता थापाले भने ,'त्यसैले यो कम्युनिष्ट पार्टी होइन,यो अरुले मिलाईदिएको समुह हो।'कम्युनिष्ट पार्टी बनेको दुई दशकपछि हाम्रो आदर्श यो हो भनेर लेख्न नसक्ने कम्युनिष्ट पार्टी हुन नसक्ने उनको तर्क थियो । उनले बर्तमान राष्ट्रपतीको चर्को अलोचना गर्दै माहारानी बन्न खोजेको बताए ।
'म मदन भण्डारीको शब्द सापटी लिएर भन्छु, महारानी सितल निवासबाट आँखा नझिम्क्याइ बक्सियोस्, काठमाडौमा आफूसँग चुनाब लडन तयार होइबक्स्योस्,’उनले भने ,'राष्ट्रपतिले आफ्नो गरिमा बिर्सिएर प्रचण्ड र् ओलीको झगडा मिलाउने मध्यस्तकर्ताको भूमिका निभाईरहेकी छिन्।'प्रधानमन्त्रीजी तपाई नाङगै सडकमा हिडदै हुनुहुन्छ भनेर आफूले भन्दा नपत्याएका प्रधानमन्त्रीलाई अहिले नाङगै हिडिरहेको प्रचण्ड र माधब नेपालले पुष्टि गरेको थापाको भनाई छ ।
उनले भने–‘तर प्रचण्ड र माधब नेपालले पनि २ बर्ष सम्म प्रधानमन्त्रीलाई नाङगै हिडेको नदेखेको जब आफु अर्धनग्न भए अनि मात्र नाङगै देखे।हिन्दुराष्ट्र र राजसंस्थाका पक्षेमा पछिल्लो समय देशभर भईरहेको प्रर्दशनलाई लक्षित गर्दै थापाले युवाहरुलाई भने-‘राजाका पक्षेमा सडकमा निस्कनु युवाको अधिकार हो तर पंचायतकालमा मुर्ति बेचेर खाने मण्डलेले धर्म बचाउन सक्छन भनेर बिश्वास नगर्नुहोस ।’