अत्तरिया -कैलालीको अत्तरियाका एक युवक अन्न नखाएर बिगत ४० दिन देखी घनघोर बन भित्र तपस्यामा बसेका छन् । कैलालीको गोदावरी नगरपालीका वडा नं १ घर भएका विलियम सिं मिजार(सत्यम्) नाम गरेका युवक गत बैसाख २८ गते देखी गौरिगंगा नगरपालिकामा वडा नं ६ मा रहेको बाह्रवन भित्र तपस्यामा बसेका हुन् ।
लुम्बिनिबाट नै भगवान गौतम बुद्धको मुर्ति आफै बनाएर ल्याएर आएका उनी बनबेहेडा स्थित पुर्व पश्चिम राजमार्ग देखी करिव ३ किलोमिटर भित्र बाह्रवनको जंगलमा ३ घेरा बनाएर तपस्या गरिरहेका छन । सानै उमेर देखी सपनामा बिभिन्न प्रकारले ईश्वरीय अलौकिक दर्शनहरु देख्ने उनी वि स २०७५ साल चैत्र १ गते राती सपनामा ईश्वरले दर्शन दिई एक महिनाको लागि अज्ञात रहन भनेपछि पहिलो पटक उनी गत चैत्र २ गते देखी बैशाख २ गते सम्म एक महिना अज्ञात रहेका थिए ।
सानै देखी ईश्वरको आस्था प्रती गहिरो बिश्वास राख्ने उनीसंग बहुप्रतिभाहरु रहेका छन् । २५ बर्षको उमेर देखी सेतो पहिरन मात्र लगाउने उनी अहिले पहेलो पहिरनमा करिब डेढ महिना सम्म कुनै प्रकारको अन्न नखाई भगवान् गौतम बुद्धको ध्यानमा रहेका छन् । उनले आफुले ध्यानकै क्रममा ईश्वरबाट निर्देशन पाउने गरेको र सोहि अनुसार काम गर्ने गरेको बताए ।
अहिले उनलाई सबैले ईश्वरले दिएको ‘सत्यम्’ नामले चिन्ने गर्दछन् । पहिलो पटक १ महिना तपस्यामा बसेका उनलाई परिवारका सदस्यहरुले घरमा लगेर गएका थिए । तर उनी त्यस बेला घरमा बस्न मानेनन् । केहि दिन घरमा बसेर उनी पुन बाह्रवनको जंगलमा तपस्यामा बसेका हुन ।
यस अघि काठमाण्डौमा बाईवलको अद्ययन समेत गरेका विलियमले वाईवलको अद्ययन छोडि लुम्बिनि ध्यान गरेर फर्किएको उनका आफन्तले बताए । ५ दिन सम्म पानी समेत नखाई ध्यानमा बसेका उनले अहिले ध्यानवाट बाहिर आएपछि बेलुका पख पानी र केहि फलफुल खाने गरेका छन् । यद्धपी ध्यानमा बसेका ४० दिन पुगिसक्दा पनि अन्नलाई छोएका समेत छैनन् ।

अहिले उनी बसेको बाह्रबन भित्रै दैनिक सयौको संख्यामा हेर्न जाने र पुजा गर्नेहरुको भिड लाग्ने गरेको छ । रातदिन आफ्नै ध्यानमा बसिरहने उनले कुनै बिषेश दिन वा शनिबारका दिन आफ्नो बिशेष शक्ती समेत देखाउने गर्दछन् । उनको शक्ति हेर्नका लागि कैलाली र कञ्चनपुरवाट सयौको संख्यामा सर्वसाधारणको भिड लाग्ने गर्दछ ।
यसैक्रममा उनले आज पनि आफ्नो शक्ति प्रर्दशन गरेका छन् । बिभिन्न देवी देउताका रोगले पिडित भएका रोगीहरुलाई उनले आफ्नो शक्तिवाट निको पार्ने बताए । उनले आफ्नो शक्ति प्रर्दशन गरिरहदा काम्ने , रुने , कराउने , बेहोस हुने लगाएत बिभिन्न बिरामीले पिडित भएकाहरु उनको शरणमा गएका थिए । त्यसपछि उनले ईश्वरले दिएको निर्देशनवाट सबैलाई शान्त पारेका थिए ।
उनले आउदो शनिवार पुन ति बिरामीहरुलाई बोलाएका छन् । सुरुमा बन भित्रको एक रुख मुनी पहेलो पहिरन लगाएर तमस्यामा बसेका उनमा थुप्रै अलौकिक शक्ति रहेको त्यहाका स्थानियहरु बताउदछन् । स्थानियले अहिले सो क्षेत्रमा स्वस्फुर्त रुपमा ध्यानमा बसेका तपस्पि सत्यम्लाई सघाउदै आएका छन । अहिले सो ठाउको वरिपरि घेरवार गर्नुका साथै उनले आफैले निर्माण गरेको भगवान् गौतम बुद्धका मुर्ती , खानेपानीका लागि नल्का , बस्नलाई केहि टहरा लगाएका संरचनाहरु बनिसकेका छन् ।
पहिलो पटक तपस्यामा बसेका उनलाई देखेका स्थानिय भागीराम चौधरीले राति सपनामा जंगलमा तपस्यामा बसेको मानिस देखेको र दोस्रो दिन काम बिशेषले जंगलमा आउँदा साचिकै तपस्या गरेको देख्दा अचम्ममा परेको बताए । उनले मानिसहरु एक्लै जंगलमा आउन डराउने भए पनि यसरी तपस्यामा बसेको देखेर अचम्म लाग्ने गरेको बताए ।
उनले तपस्यामा बसेका तवस्पिको सेवामा आफु लगातार लागीरहेको बताए । चौधरीले गाउँलेहरु रातिको समयमा पनि तपस्पि बसेको ठाउँमा आएर रात भरी बस्दा पनि उनी ध्यानमा नै हुने गरेको देखेको बताए । रातिको समयमा ध्यान गरेको क्षेत्रमा जंगली जनावर आउने भए पनि तपस्या गरेको घेरा भित्र कुनै पनि जनावर नआउने गरेको उनको भनाई छ ।
आमाको चिन्ता
उनले तपस्पिले घेरा भित्र केहि आउँन लागेको भए पहिलै उनलाई थाहा हुने गरेको बताए । छोरोलाई यस्तो अबस्थामा देख्दा उनकि आमा खिना बि.कले आफु साह्रै चिन्तित भएको बताइन् । ‘छोरो एक्लै यो जंगलमा बसेको आज ४० दिन पुरा भएको छ के हुने हो कस्तो हुने हो मलाई त साह्रै चिन्ता लागेको छ’ रुदै भनिन् – ‘कुन आमाले आफ्नो छोरोलाई यस्तो देख्न सक्छ , कुन आमाको मन रुदैन होला । ’
तपस्यामा बसेको छोरोलाई आफुले बारम्बार घर जाउ भनेर आग्रह गर्दा पनि आफुसंग कुरै नगर्ने गरेको उनले सुनाइन् । ४० दिन सम्म अन्न नखाएर ध्यानमा बसेको छोरोले घरमा गएर खाना खाए र पहिले कै अबस्थाम आएमा आफु खुसी हुने उनले बताइन् । छोरोको चिन्ताले आफु पनि त्यहि जंगलमा बस्ने गरेको उनले बताइन् । तपस्यामा बसेका सत्यम्लाई गौरीगंगा नगरपालिका वडा नं ६ का थुप्रै स्थानिय बासीले साथ सहयोग दिएका छन् ।
२ साता भित्रमा ध्यान गरेकै क्षेत्रमा मन्दिर बनाउने घोषणा गरेका बिलियमले सहयोगका लागी सबैलाई आग्रह समेत गरेका थिए ।स्थानिय रमेश जेठाराले चितुवा समेत रहेको जंगलमा दिनमा नै आउन डर लाग्ने गरेको भए पनि यसरी लामो समय संम्म निराहार बसेको देखेर अचम्ममा परेको बताए । उनले आफु तपस्या गरेको स्थानिमा २÷३ चोटि आउदा तपस्पिले १ सात अगाडी गरेको भबिस्य बाणी मिल्ने गरेको बताए । उनले आफुलाई तपस्पिको भनाईमा बिश्वाव लाग्ने गरेकाले आउने गरेको बताए ।
उपचार गराउने को भिड
उनले बिभिन्न ठाउँबाट तपस्पिको वास्तबिकता बताउने भन्दै धामी झाक्रि आएको तर यहाँ पुगे पछि उनिहरु उल्टै तपस्पि उनको सरणमा जाने गरेको बताए । अत्तरियामा रहेको दुर्गालक्ष्मी उच्च मा.विवाट प्रमाणपत्र तह सम्मको अद्ययन गरेका विलियम उच्च शिक्षा अद्ययन गर्न काठमाण्डौको बाईबल कलेजमा भर्ना भएका थिए । स्नाकोत्तर अन्तिम बर्षको परिक्षा नदिदै उनी अद्ययन छोडेर लुम्बिनिमा ध्यानमा बसेका थिए । बिलियमको घरमा २ भाई १ बहिनि र आमा रहेका छन ।
विलियमले अद्ययनका क्रममा स्थानिय संचार माद्यममा पनि काम गरेका थिए । बैसाख २८ गते देखी तपस्यामा बसेका विलियमले इश्वरले जब सम्म तिम्रो कपाल एक हात लामो पुग्दैन तब सम्म तपस्यामा बस्नु, कपाल एक हात लामो भैसके पछी सारा ज्ञान प्राप्त भैसक्ने र त्यस पछी ईश्वरबाट प्राप्त ज्ञान मानिसहरुलाई बाँड्नु भन्नु भएकोले ध्यानमा बसेको बताउने गरेका छन ।
