अत्तरिया - कैलालीको गोदावरी नगरपालिका ४ जना सहित सुदूरपश्चिम प्रदेशमा हिजो ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका बिभिन्न ६ वटा प्रयोगशाला मार्फत ३ सय ४३ जनाको नमुना परीक्षण गर्दा गोदावरीका ४ जना सहित थप ८८ जनामा संक्रमण पुष्टि भएको हो ।
धनगढी स्थित सेती प्रादेशिक अस्पताल प्रयोगशालामा १ सय ६३ जनाको नमूना परीक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि भएको छ । जसमा कैलालीको गोदावरी नगरपालिकाका ४ जना , धनगढी उप–महानगरपालिकाका थप १९ जना , मोहन्याल गाउँपालिकाका ६ जना, जानकी गाउँपालिकाका ५ जना, जोशीपुर र कैलारी गाउँपालिकाका १÷१ जनामा संक्रमण पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
यसैगरि कञ्चनपुरको भीमदत्त नगरपालिका र बेलौरी नगरपालिकाका २र२ जना, पुनर्वास नगरपालिका, शुक्लाफाँटा नगरपालिका र ठेगाना नखुलेका १÷१ बैतडीको पाटन नगरपालिकाका २ जना र डोटीको दिपायल सिलगढी नगरपालिकाकाक १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।
उता डडेल्धुरा अस्पताल प्रयोगशालामा २६ जनाको नमूना परीक्षण गर्दा ११ जना , जिल्ला अस्पताल बझाङ प्रयोगशालामा २६ जनाको नमूना परीक्षण गर्दा ९ जना र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा ७४ जनाको नमूना परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि छ ।
जिल्ला अस्पताल बैतडीमा ३९ जना र डोटी अस्पताल प्रयोगशालामा १५ जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । यो सँगै गरेर सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १२ हजार १ सय ९१ पुगेको छ ।