अत्तरिया - कैलालीको गोदावरी नगरपालिकमा एकैदिन आरोग्य सेवा केन्द्र र शहरी स्वास्थ्य क्लीनिक संचालनमा आएको छ । गोदावरी नगरपालिका १ अत्तरियामा नबनिर्मित शहरी स्वास्थ्य क्लीनिकको उद्धघाटन गर्दै सोही क्लीनिकमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन आएको हो ।
सेती आयुर्वेदिक औषधालय धनगढीको सहयोग र गोदावरी नगरपालिकाको व्यवस्थापनमा संचालनमा आएको आरोग्य सेवा केन्द्र र शहरी स्वास्थ्य क्लीनिक भवनको आज एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगरप्रमुख हरी सिं साउँदले सयुक्त रुपमा उद्घाटन गरेका हुन् ।सुदूरपश्चिम प्रदेशमा २२ ओटा आयोग्य सेवा केन्द्र स्थापना भएकोमा कैलालीमा भने २ ओटा मात्रै आरोग्य सेवा केन्द्र स्थापना गरी संचालनमा आएको छन् । जसमा पहिलो गौरीगंगा नगरपालिकामा र दोस्रो गोदावरी नगरपालिकामा संचालनमा आएको हुन् ।
भवनको उद्घाटन र आरोग्य सेवा केन्द्रको सुभारम्भ गदै नरप्रमुख साउँदले आयुर्वेदिक औषधीमा कुनै पनि साईड ईफेक्ट नभएकाले यसको प्रयोग बढाउन आरोग्य सेवा केन्द्र स्थापना गरिएको बताए । उनले आयुर्वेदिक औषधीले बिस्तारै काम गर्ने भएपनि यो स्वास्थ्यका दृष्टिकोणले राम्रो भएको बताए ।गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले यस्ता आयुर्वेदिक केन्द्र मार्फत सुदूरपश्चिममा रहेका जडीबुटी प्रयोगमा आउने बताईन् । आयुर्वेदिक औषधालय धनगढीका प्रमुख खगेन्द्र बहादुर बमले आरोग्य केन्द्र संचालनका लागि आफूहरुको पुर्ण सहयोग रहने बताए । उनले आरोग्य केन्द्रलाई आवश्यक पर्ने औषधी निःशुल्क रुपमा उपलब्ध गराईने बताए । प्रमुख बमले सेवाग्राहीले पनि केन्द्रबाट निःशुल्क औषधी पाउने बताए ।
गोदावरी नगरपालिकाका प्रवक्ता एबम् वडा नं १ का अध्यक्ष शर्मानन्द भट्टले गोदावरी नगरपालिकाका लागि आजको दिन स्वास्थ्य क्षेत्रको विकासका एतिहासिक दिन भएको बताए । उनले एकैदिन आरोग्य सेवा केन्द्र र शहरी स्वास्थ्य क्लीनिक संचालनमा आएको बताए ।उनले गोदावरी नगरपालिका वडा नम्बर १ को शहरी स्वास्थ्य क्लीनिक भवन निर्माणका लागि ३५ लाख ९० हजार ३ सय १९ रुपैयाँ खर्च भएको बताए । उनले गोदावरीको वडा नम्बर २ बाहेक सबै वडामा सहरी स्वास्थ्य क्लीनिक संचालनमा आईसकेको बताए ।
गोदावरी नगरपालिका वडा नं १ का वडा अध्यक्ष शर्मानन्द भट्टको अध्यक्षतामा भएको कार्यक्रमा गोदावरी नगपालिका नगरप्रमुख हरि सिं साउँद प्रमुख अतिथी रहनुभएको थियो भने उप प्रमुख रत्ना कडायत बिशिष्ट अतिथी रहनुभएको थियो ।
कार्यक्रममा गोदावरी नगरपालिकाका निमित्त प्रशासकिय प्रमुख बसन्त कुमार खत्री , गोदावरी ११ का वडा अध्यक्ष शिव बिक , स्वास्थ्य शाखा प्रमुख बिर बहादुर कुबर , जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लाल बहादुर धामी , आयुर्वेदिक औषधालय धनगढीका प्रमुख खगेन्द्र बहादुर बम , स्वास्थ्य शाखाकी उषा भट्ट लगाएतको सहभागित रहेको थियो । वडा नं १ का वडा सदस्य कृत बहादुर चन्दको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको संचालन स्वास्थ्य शाखाका बिष्णु जोशीले गरेका थिए ।