अत्तरिया - २९ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस देशभर बिबिध कार्यक्रम गरी मनाइएको छ । यता अत्तरियामा दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गोदावरी नगर स्तरीय अपाङ्ग कार्य संञ्जालको आयोजना र गोदावरी नगरपालिका महिला बालबालिका शाखाको समन्ब्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
नगर स्तरीय अपाङ्ग कार्य संञ्जाल गोदावरीकी अध्यक्ष पुष्पा रोकायाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगर प्रमुख हरी सिं साउँद रहेका थिए भने उप प्रमुख उपप्रमुख रत्ना कडायत बिशिष्ट अथिति रहेकी थिइन् । कार्यक्रममा बोल्दै नगरप्रमुख साउँदले अपाङ्गता भएका व्यक्तिलाई भत्ता मात्रै नदिएर उनीहरुको क्षमता अनुसारको काम दिनुपर्ने बताए ।
उनले हरेक व्यक्तिमा कुनै न कुनै क्षमता हुने भएकाले अपाङ्गता भएका व्यक्तिले पनि काम गर्न सक्ने भएकाले उनीहरुको पहिचान गर्न आवश्यक रहेको बताए । ‘वहाँहरुलाई जिविको पार्जन गर्न काम संग जोड्न आवश्यक छ, भत्ताले मात्रै वहाँहरुको जिवन चल्दैन’ नगरप्रमुख साउँदले भने ‘उनीहरुको क्षमतालाई उपयोग गरेर काम गर्न सकेमा जिवन प्रवाहमा सहज हुन्छ ।’ उनले नगरपालिकामा ठूलो संङ्ख्यामा अपाङ्गता भएका व्यक्ति भएकाले उनीहरुको जिवनस्तर सहज बनाउन नगरपालिका तयार भएको बताए ।
कार्यक्रममा गोदावरीन नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले समग्र क्षेत्रको विकास गर्नका लागि भैतिक विकास मात्रै नभएर मानविय विकासलाई पनि संगसंगै लौजान आवश्यक रहेको बताईन् । उनले कोरोना भाईरसको महामारीमा अपाङ्गता भएका व्यक्ती झनै समस्यामा परेकाले उनीहरुको समस्यालाई ध्यानमा राखि नगरपालिकाले राहतका कार्यक्रम संचालन गरेको बताईन् ।
नगरपालिकाको अपाङ्ग परिचय पत्र वितरण समितिकी संयोजक समेत रहेकी उपप्रमुख कडायतले नगरपालिकाबाट प्रवाह गर्ने सेवा अपाङ्गता भएका व्यक्तीले सहज रुपमा पाउन भन्नका लागि हेल्प डेस्क स्थापना गरिने बताईन् ।
‘कोभिड–१९ पश्चात्को उत्कृष्ट पुनरागमनको सुनिश्चितता ः अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ मनार्ईको उक्त कार्यक्रममा गोदावरी नगरपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख गोदावरी धामी, कृषि शाखाका प्रमुख बाशुदेश भट्टराई, स्वास्थ्य शाखाका विष्णु जोशी, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पुर्व केन्द्रय सदस्य मान बहादुर साउँद, राष्ट्रिय अपाङ्ग महासंघका सुदूरपश्चिम कोषाध्यक्ष गौरीलाल पार्की लगायत विभिन्न संघसस्थाका प्रतिनिधि, अपाङ्गता भएका व्यक्तीहरुको सहभागिता रहेको थियो ।
अपाङ्ग उत्थान समाज गोदावरीका सचिव शेर बहादुर बिकले स्वागग मन्त्यव्य राखेको कार्यक्रमको संचालन नगर स्तरीय अपाङ्ग कार्य संञ्जाल गोदावरीका सचिव ईन्द्र बहादुर बोहराले गरेका थिए ।