अत्तरिया - कैलालीको गोदावरी नगरपालिकामा पनि आजदेखी प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । १२ वटा वडा रहेको गोदावरी नगरपालिकाको वडा नं २ , ४ , ५ , ६ ,८ , १० , ११ र १२ मा कार्यक्रमको आज संयुक्त रुपमा उद्घाटन गरिएको हो ।
गोदावरी नगरपालिकाको वडा नं २ मा नगरप्रमुख हरि सिं साउद र उपप्रमुख रत्ना कडायतले ब्यानर पढेर कार्यक्रमको सुभारम्भ गर्नुभएको थियो भने अन्य वडामा नगरप्रमुख , उपप्रमुख र वडा अध्यक्षहरुले छुट्छुटै रुपमा कार्यक्रमको उद्घाटन गरेका छन् । बाकि रहेका वडामा भोली देखी सुरु गरिने प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक रामलाल भट्टले जानकारी दिए ।
नगरपालिकाका १२ बटै वडामा रहेका विपन्न, आयस्तर कमजोर भएका, दैनीक गुजारा गर्न समेत कठिनाई भएका युवा बेरोजगारलाई लक्षित गरि प्रधानमन्त्री रोजगार कार्यक्रम आयोजना सुरु गरिएको भट्टले बताए । गोदावरी नगरपालिकामा आवेदन दिएका ४ हजार ७ सय ११ जना बेरोजगार मध्ये छनौट भएका झन्डै ६०० जना बेरोजगारीले ३० दिनको रोजगारी पाएका छन् ।
१ महिना मात्रै समय भएकाले काम गर्ने स्थानियहरु नपाउदा समस्या भैरहेको भट्टले बताए । छनौट भएका बेरोजगारहरुलाई नालि खन्ने , पार्क निर्माण , वृक्षरोपण , सरसफाई , कुलो मर्मत , पिच सडक स्तरोन्नती गर्नमा लगाईने भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि नगरपालिकाले ८२ लाख रकम बजेट छुट्याएको छ । स्थानीय स्तरमै रोजगारी सिर्जना गरी बेरोजगारहरुलाई रोजगार दिने उध्ेश्यका साथ सरकार यो कार्यक्रम ल्याएको हो ।