अत्तरिया - कैलालीको अत्तरियमा रहेको न्यू सत्कार होटल र सत्कार दोहोरी साँझका संचालक हुकुम चोखालले आफ्नो जन्मदिन अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसलाई सहयोग गरेर मनाएका छन् ।
सामाजिक कार्यमा सक्रिय चोखालले आफ्नो जन्मदिनको अबसर पारेर अनाथ एबम् असहाय बालबालिकाहरुलाई संरक्षण दिदै आएको सेभ हाउसलाई खाध्यान्न संगै दैनिक उपभोग्य सामाग्रीहरु सहयोग गरेका हुन् ।
उनले सेभ हाउसलाई २ कट्ट चामल , दाल , नुन , खुर्सानी , कोलगेट, चकलेट, हार्दिक ,सोडा साबुन, झाडु लगाएत गरी ८ हजार बराबरको सामग्रीहरु सहयोग गरेको सेभ हाउसकी ब्यबस्थापक गिता मलासीले जानकारी दिइन् ।
अनआवश्यक फजुर्ल खर्च गरेर जन्मदिन मनाउनु भन्दा आफ्नो सानो सहयोगले अनाथ बालबालिकाहरुको दुई चार दिनको छाक भएपनि टर्र्छ भन्ने उध्ेश्यका साथ सेभ हाउसलाई सहयोग गरेको चोखालले बताए ।
उनले सबैले आ आफ्नो तर्फवाट जन्मदिन लगाएतका शुभ कार्यहरुमा सहयोग गरेमा अनाथ बालबालिकाहरु कहिले भोको र नाङ्गो नहुने बताए ।
उनले आगमी दिनहरुमा पनि आफ्नो तर्फवाट गर्न सकिने सहयोग निरन्तर रुपले गर्दै जाने बताए । जन्मदिनका सेभ हाउसमा पुगेर सहयोग गरेको भन्दै ब्यबस्थापक गिता मलासीले धन्यवाद दिएकी छन् ।