अत्तरिया - सुदुरपश्चिमेली नेपाली समाज माहाराष्ट्र भारतको आयोजनामा जनचेतना मुलक सन्देश सहित बिबिध सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । आईतवार भारतको माहाराष्ट्र राज्यको पनबेलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
जन्मभुमि सुदुरपश्चिममा भई कर्मभुमि भारतलाई बनाएर बसेका सुदुरपश्चिमेलीहरुको साझा संगठन सुदुरपश्चिमेली नेपाली समाज माहाराष्ट्र भारतले बिभिन्न समयमा यस्ता खालका जनचेतना मुलक सास्कृतिक कार्यक्रमहरु गर्दै आएको सुदुरपश्चिमेली नेपाली समाज माहाराष्ट्र राज्यले जनाएको छ । माहाराष्ट्र राज्यका अध्यक्ष सुरज प्रकाश ओझाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुदुरपश्चिमेली नेपाली समाजका अन्तराष्ट्रिय सह कोषाध्यक्ष भुवन प्रसाद भट्ट प्रमुख अतिथी रहनुभएको थियो । बिशिष्ट अतिथीमा सुदुरपश्चिमेली नेपाली समाज भारतका केन्द्रिय प्रथम उपाध्यक्ष दिपक खड्का र महासचिब मोहन बिर साउद रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी सुदुरपश्चिमेली नेपाली समाज अन्तराष्ट्रिय सह कोषाध्यक्ष भुवन प्रसाद भट्टले आफ्नो गाउ घरमा रोजगारीको अबसर नपाउदा बिदेशिन बाध्य नेपालीहरुले प्रवास पुगिसकेपछि आफ्नो देश र आफ्नो गाउ ठाउलाई बिर्सन नहुने बताए । ‘हामीलाई सुदुरपश्चिमले केहि दिएन भनेर नसोच्नुहोस् ’उनले भने – ‘हामीलाई सुदुरपश्चिमले धेरै दिएको छ , अब हामीले सुदुरपश्चिमलाई दिनु छ , हामी प्रवासमा बसेर पनि गर्न सक्छौ ।’
उनले सुदुरपश्चिममा जन्मथलो भई बैदेशिक रोजगारीको शिलशिलामा बिभिन्न देशमा रहेका नागरिकहरुमा आइपर्ने पिर , मार्का र समस्याको समाधान गर्न कै लागि सुदुरपश्चिमेली नेपाली समाजको गठन गरिएको बताए । उनले प्रवासमा रहेका एक जनालाई पनि दुख र अन्याय हुन नदिन आफु पनि निरन्तर रुपमा लागिरहने बताए ।
उनले अहिले भारतका १५ राज्यहरुमा संगठन स्थापना भैसकेको अन्य राज्यहरुमा पनि संगठन बिस्तार गरिने बताए । सुदुरपश्चिमेली नेपाली समाज माहाराष्ट्र भारतले आयोजना गरेको कार्यक्रम निकै सार्दभिक भएको बताउदै उनले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिदै जानुपर्ने बताए ।
यस्ता कार्यक्रमहरुले प्रवासमा बसेकाहरुको एक अर्काप्रति जिन जान हुन्छ , माया प्रेम साटासाट गर्न पाईन्छ र अर्काको ठाउमा बस्दा कसरी बस्ने आफु कसरी सुरक्षित हुने भन्ने बारे सन्देश पनि दिन सकिने उनले बताए । नेपाल संघियतामा गएपनि प्रवासमा दुख कष्ट गरेर बसिरहेका नेपालीहरुका लागि राज्यले कुनै लगानी नगरेको बताए । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अब रोजजगारीका लागि कसैले भारत जानुनपर्ने आश्वासन दिएपनि आफ्ना पिर मार्काहरु कसैले नबुझेकोमा उनले दुख ब्यक्त गरे ।
प्रदेश सरकारले प्रवासमा बस्नेहरुका बारेमा पनि सोच्नुपर्ने उनको भनाई थियो । कार्यक्रममा सुदुरपश्चिमेली नेपाली समाज भारतका केन्द्रिय सल्लाहाकार सदस्य बलबहादुर जयगडी , केन्द्रिय सदस्य एबम् माहाराष्ट्र राज्य इन्र्चाज पदम साँउद ,दिपक बोगटी , मुम्बई जिल्ला अध्यक्ष तुलाराम बिसी , रायगढ जिल्ला अध्यक्ष बिजय बि.सी , पुना जिल्ला अध्यक्ष बिक्रम ढकाल , चक्र बहादुर बि.क , महिला सदस्य कमला बोगटी , कला सस्कृति बिभागका संयोजक शंकर खतिवडा लगाएतका अतिथीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बिभिन्न जनचेतना मुलम सन्देशहरु दिनुका साथै सहित स्थानिय कलाकारहरुले आ आफ्नो प्रस्तुतिवाट आतिथी एबम् दर्शकहरुलाई मनोरञ्जन दिएका थिए । सुदुरपश्चिमेली नेपाली समाज माहाराष्ट्र राज्यका वरिष्ठ उपाध्यक्ष धर्मराज धमलाको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको संचालन पुनाका जिल्ला सचिब बिबेश भण्डारीले गर्नुभएको थियो ।