अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाका ३ जना सहित आज सुदूरपश्चिम प्रदेश ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका बिभिन्न ३ वटा प्रयोगशाला मार्फत ३ सय ३० जनाको नमुना परीक्षण गर्दा गोदावरी ३ जना सहित थप ९० जनामा संक्रमण पुष्टि भएको हो ।
धनगढी स्थित सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ३ सय ७ जनाको परीक्षण गर्दा ८२ जनामा संक्रमण पुष्टि भएको छ । जसमा धनगढी उपमहानगरपालिकाका ११ जना, टीकापुर नगरपालिकाका २९ जना, मोहन्याल गाउँपालिकाका १० जना, जोशीपुर गाउँपालिकाका ७ जना, कैलारी गाउँपालिकाका ५ जना, गोदावरी नगरपालिकाका ३ जना , लम्किचुहा नगरपालिकाका ३ जना , घोडाघोडी नगरपालिका २ जना , बर्दगोरिया गाउँपालिकाका २ जना, भजनी नगरपालिका र ठेगाना नखुलेका कैलालीकै १÷१ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
यसैगरि कञ्चनपुरको पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका र कृष्णपुर नगरपालिकाका १÷१ जना , डडेल्धुराको परशुराम नगरपालिकाका ४ जना, डोटीको जोरायल गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।
उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४ र कमलबजार नगरपालिकाको प्रयोगशालामा ४ संक्रमण पुष्टि भएको छ । यो सँगै सुदूरपश्चिममा कुल कोरोना संक्रमितको संख्या ११ हजार ४ सय ९२ पुगेको छ।