अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाका १२ वटै वडामा जेठ २३ गते आएको भिषण हावाहुरीले अबरुद्ध भएको बिधुत सेवा अझै सुचारु हुन सकेको छैन् । भिषण हावाहुरीले बिजुलीका पोलहरुमा क्षेति पुञ्याउदा अबरुद्ध भएको बिधुत सेवा १२ दिन हुदा पनि अझै सुचारु हुन नसकेको हो ।
बढ्दो गर्मीको बेला गोदावरी नगरपालिकाका सबै जसो वडाहरुमा बिधुत सेवा सुचारु नहुदा स्थानियहरुले सास्ती ब्यहोर्नु परिरहेको छ । हावाहुरीले टुटेका र ढालेका बिजुली पोलहरुको १२÷१२ दिन सम्म पनि मर्मत नहुदा गोदावरी नगरबासी अन्धकारमा बस्न बाध्य रहेका छन् । जेठ असारको चर्को गर्मीमा बिजुली नहुदा स्थानियहरुको जनजिवन कष्टकर बनेको छ ।
पानी नपरेर गर्मीले सताइरेका बेला विजुली पनि नहुदा निकै कठिनाई भैरहेको गोदावरी नगरपालिका वडा नं ६ हरैयाका स्थानिय रोहित भट्टले बताए । बिधुत प्राधिकरणको चरम लापरबाहिले गर्दा लामो समयदेखी आफुहरुले बिजुली बत्तीको अभाव खेपीरहनु परेको उनले बताए । अत्तरिया बजार क्षेत्रमा हावाहुरीको दोसा्रे दिन नै बिधुत सेवा सुचारु भएपनि भित्रि गाउघर तिर १२ दिन सम्म पनि बिजुली नआउदा स्थानियहरु आक्रोशित बनेका छन् ।
भट्टले गर्मीको समयमा अतिआवश्यक पर्ने बिधुत सेवा लामो समयदेखी अबरुद्ध हुदा पनि बिधुत प्रधिकरणले मर्मतको काममा ढिला सुस्ती गरिरहेको बताए । उनले यस बेला थप जनशक्तिहरु परिचालन गरेर भएपनि चाडो भन्दा चाडो स्थानियहरुलाई बिजुली उपलब्ध गराउन बिधुत प्राधिकरणलाई ध्यानाकर्षण गराए ।
बिधुत सेवा बन्द हुदा गोदावरी नगरपालिकाका बिभिन्न वडाहरुमा खानेपानीको पनि हाहाकार भएको छ । गोदावरी नगरपालिका वडा नं ७ बस्ने साईकयात्री भरत शाहीले लालपुरदेखी पुर्वतिर सबै वडामा बिजली नभएको जानकारी दिए । उनले बजार क्षेत्रमा मात्रै नभई गाउघरमा पनि हावाहुरीले क्षेति पुञ्याएका बिजुलीका पोल र तारहरुको चाडो मर्मत गरेर आफुहरुलाई राहत दिन बिधुत प्राधिकारणसंग माग गरेका छन् ।
बिजुली बत्ती नहुदा स्थानियहरु संचार सुबिधावाट बञ्चित हुनका साथै दैनिकि नै प्रभावित भएको छ । बिजुली नहुदा स्थानियहरु अहिले घरको बाहिर र छतमा सुत्ने गरेका छन् । उता नेपाल बिधुत प्राधिकरण अत्तरिया नो लाईटले हावाहुरीका समयमा यत क्षेत्रमा धेरै बिजुलीका पोल र ट्रन्समिटरमा क्षेति पुगेकाले मर्मतको काम जारी रहेको बताएको छ ।
नो लाईट अत्तरियाका फोरम्यान केशब सिं कार्कीले अहिले सम्म बिजुलीबत्ती मर्मत गर्ने काम ७५ प्रतिशत सम्मन्न भैसकेको र अब २५ प्रतिशत मात्रै बाकि रहेको बताए । जनशक्ति अभावले गर्दा समस्या भैरहेको बताउदै उनले बिधुत प्रधिकारणले पुर्ण रुपमा बिधुत सुचारु हुन अझै केहि दिन लाग्ने जानकारी दिए ।