धनगढी -सुदूरपश्चिम प्रदेश सरकारले २८ अर्ब १६ करोडको बजेट ल्याएको छ। आज बसेको प्रदेश सभाको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले २८ अर्व १६ करोड २० लाख ३५ हजार बराबरको बजेट प्रस्तुत गरेका हुन् । जसमा चालुतर्फ १२ अर्ब ५७ करोड २६ लाख र पुँजीगततर्फ १३ अर्ब ६ करोड ४६ लाख बजेट विजियोजन गरिएको छ।
प्रदेश सरकारले बजेट मार्फत स्वास्थ्य, कृषि, सडक, खानेपानी, सिचाई, उर्जा, तटबन्ध आदि पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ। बजेटमा प्रदेशका सबै स्थानीय तहलाई ५० लाखका दरले ४४ करोड बजेट विनियोजन गरिएको छ। प्रदेश सरकारले ‘ निर्वाचन क्षेत्र पुर्वाधार विकास कोषका लागि पनि बजेट छुट्याएको छ। प्रत्येक निर्वाचन क्षेत्रमा तीन करोड विनियोजन गरिएको हो। यस्तै महिला शशक्तीकरण को लागी २ करोड बजेट बिनियोजन गरेको छ । सेती अञ्चल अस्पातलको लागी सिटी स्कयान को थप स्तरोन्न्ततीको लागी ८ करोड ५० लाख बजेट बिनियोजन गरिएको अर्थ मन्त्री बोहराले बताए ।
प्रदेशको स्वास्थय क्षेत्र सुधारको लागी १७ करोड २७ लाख बजेट बिनियोजन गरिएको छ। स्वास्थय स्वयमसेबिको स्वास्थय बिमा, सुदुरपश्चिम आरोग्य केन्द्र को स्थापना ,मुख्यमन्त्री जेष्ठ नागरिक कोष लगाएतका योजनाको लागी पनि प्रदेश सरकार ले बजेट बिनियोजन गरेको छ । भौतिक पूर्बाधार तर्फ प्रदेश भरका जिल्लाहरुमा नदी नियन्त्रणका लागी २८ करोड, प्रदेश यातायाता सेवा सुचारु गर्ने १३ करोड,१२ महिना सिचाइ गर्न प्रदेश भरका सबै जिल्लाको लागी १ अर्ब १६ लाख, सबै जिल्लामा सडक को लागी १ अर्ब ७६ लाख बजेट बिनियोजन गरेको छ ।
प्रदेशको राजधानी गोदावरीमा भौतिक संरचना निर्माण र नदि कटान रोक्न आबश्यक बजेट छुट्याएको अर्थ मन्त्री बोहराले बताए । बजेट कार्यान्वयनमा समस्या आए मुख्यमन्त्रीको संयोजकत्वमा प्रादेशिक समस्या समाधान समिती र अर्थमन्त्रीको संयोजकत्वमा अनुगमन समिती गठन गरीने पनि बजेटमा उल्लेख गरिएको छ ।