धनगढी - नेकपा स्थायी कमिटी सदस्य डा. भिम रावलले नेकपा पार्टी कुनै पनि हालतमा नफुट्ने ठोकुवा गरेका छन् । धनगढीमा आज पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी फुटाउन सजिलो नभएको जिकिर गरे । उनले भने ‘नेकपा पार्टी माटोको हाडी होइन, कुनै व्यक्तिले लठ्ठीले हानेर आजका मितिबाट फुट्यो भन्ने वित्तकै फुट्ने , पार्टी कमजोर आधारमा पनि बनेको होइन ।’
पार्टी फुट्न सैद्धान्तिक विषय, महत्पूर्ण राष्ट्रिय विषय र प्रतिनिधि सभामा आवश्यक संख्या पु¥याउने जस्ता प्रकृयामा गएको हुनुपर्ने उनको भनाइ थियो ।
पार्टी फुटाएर दुई अध्यक्षले केही पनि हासिल नगर्ने रावलले बताए । नेकपाको विवाद सैद्धान्तिक र नीतिगत मतभेद, भागवण्डाका लागि नभइ पार्टी विधि प्रणालीबाट चल्नुपर्छ, पार्टीका निर्णय, घोषणापत्र, प्रतिवद्धता, कार्यक्रम कार्यान्वयन गरेर जानुपर्छ भन्ने विषयको विवाद भएको नेता रावलले बताए ।
‘सैद्धान्तिक, नीतिगत मतभेद होइन, कतिपय कार्यशैलीगत, कतिपय विधि– पद्दतिसँग सम्बन्धित, पार्टीको विधि विधानलाई कार्यान्वयन गर्ने सम्बन्धि विवाद हो ।’ उनले भने ।