अत्तरिया - कैलालीको अत्तरियवाट प्रकाशित हुदै आएको अग्नी पोष्ट दैनिकका कम्युटर अपरेटर प्रकाश बहादुर बोहराले जन्मदिनको अबसरमा शारिरिक रुपमा अपाङ्गता भएका बालबालिकाहरुलाई खाध्यान्न सहयोग गरेका छन् ।
उनले गोदावरी नगरपालिका वडा नं २ मा रहेको सुप समाबेशी आधारभूत बिधालयमा आवाशिय रुपमा अध्यनतर अपाङ्गता भएका बालबालिकाहरुका लागि चामल , दाल , नुन , तेल लगाएतका खाध्य सामाग्रीहरु सहयोग गरेका हुन् ।
सीप विकास तालिम केन्द्र धनगढीका सुचना अधिकारी समेत रहेको बोहराले फर्जुल खर्च गरेर जन्मदिन मनाउनुभन्दा सानो भएपनि बालबालिकाहरुलाई राहात होस भन्ने उध्ेश्यका साथ जन्मदिनको अबसरमा खाध्यान्न सहयोग गरेको बताए । उक्त सामाग्रीहरु बिधालयकी प्रध्यानाध्यापक देवी साउँदलाई हस्तान्तरण गरिएको थियो ।यस्तै गोदावरी २ मा रहेको प्रगति बचत तथा रिण सहकारी संस्थाका अध्यक्ष करुणाकर पाण्डेयले पनि जन्मदिनको अबसर पारेर अपाङ्गता भएका बालबालिकाहरुका लागि भनेर खाध्यान्न सहयोग गरेका छन् । उनले आजै बिधालयलाई चामल , दल , नुन , मसला लगाएतका समाग्रीहरु हस्तान्तरण गरेका हुन् ।
कोरोना कहरका बेला आफ्नो जन्मदिनको अबसरमा बिधालयमा पुगेर अपाङ्गता भएका बालबालिकाहरुका लागि खाध्यान्न सहयोग गरेकामा बिधालयका संस्थापक मान बहादुर साउँदले दुवैलाई धन्यवाद दिएका छन् ।
खाध्यान्न सहयोग बितरण कार्यक्रममा आर्थिक अभियान दैनिकका सुदूरपश्चिम प्रमुख बिरेन्द्र भट्ट , गोदावरी एफ एमका समाचार प्रमुख हेमराज भट्ट ,पत्रकार प्रेम बिष्ट लगाएतको सहभागिता रहेको थियो ।