डोटी - जिल्लाको के आइ सिंह गाउपालीकालाइ साक्षर गाउपालीका घोषणा गरिएको छ । “हाम्रो गौरव, हाम्रो पहिचान, साक्षर गाउ सवैको अभियान” भन्ने नाराका साथ शुक्रवार एक भब्य कार्यक्रमका विच गाउपालीकालाइ साक्षर गाउपालीका घोषण गरिएको हो ।
गाउपालीकामा रहेका १५ वर्ष देखी ६० वर्ष उमेर समुहका ९५।८ प्रतिसत नागरीक साक्षर भएकाले गाउपालीकालाइ साक्षर गाउपालीका घोषणा गरिएको गाउपालीका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले जानकारि दिनु भयो ।
गाउपालीका अध्यक्ष लोकेन्द्र वहादुर शाहीको अध्यक्षतामा दुर्गामाण्डौको वायलमा आयोजना गरिएको भब्य कार्यक्रमका प्रमुख अथिती जिल्ला समन्य समिती डोटीका संयोजक राम बहादुर ऐर रहनु भएको थियो । त्यस्तै कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेल, डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विद्यानन्द माझी, नेपाली काङग्रेस डोटीका सभापती प्रदिप कुमार देउवा, वडा अध्यक्ष, जिल्ला समन्वय समितीका सदश्य, गाउ कार्यपालीकाका सदश्य, शिक्षक, विद्यार्थी, अभिभवक तथा स्थानीयको उल्लेख्य सहभागीता रहेको थियो ।
कार्यक्रममा साक्षरता गाउपालीका घोषणका वारे शिक्षा इकाइ प्रमुख शेर बहादुर बोगटीले जानकारी गराउनु भएको थियो, भने गाउपालीकाका प्रमुख प्रसाशसकिय अधिकृत सिद्धराज शर्माले कार्यक्रमका अतिथी लाइ स्वागत भाषण मार्फत स्वागत गर्नु भएको थियो ।
साक्षरता गाउपालीका घोषणा कार्यक्रममा स्थानीय झाकी, विभिन्न विद्यालयका चेतनामुलक नाटक तथा सांस्कृतक कार्यक्रमकहरु पनि प्रस्तुत गरिएका थिए । यसै विच के आइ सिंह गाउपालीका डोटीको आयोजना र सामुदायीक सेवा केन्द्र तथा सामुदाय प्रहरी साझेदारी केन्द्र डोटीको संयोजकत्वमा लंैङगीक हिंसा, घरेलु हिंसा, लागु औषध, छाउपडी, वालबिवाह, बहुविवाह, र ट्रफिक विषयक कार्यक्रम पनि सम्पन्न भएको छ ।