अत्तरिया - आज तिहारको मुख्य दिन, दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर भाइटीका पर्व मनाइँदै छ । भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा छ । भाइटीका थाप्न कुन दिशामा फर्किएर बस्ने र टीकामा कुन–कुन रंग प्रयोग गर्ने भन्ने जानकारी सबैलाई नहुन सक्छ ।
शास्त्रले भन्छ– तिहारमा सप्तरंगी होइन, पञ्चरंगी टीका लगाउनुपर्छ । भाइटीकामा रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रंगको टीका लगाउने भनेर शास्त्रमा लेखिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतमले बताए ।
दिदीबहिनी पश्चिम् फर्कने र दाजुभाई पुर्व फर्की लागाउनु पर्छ । भाई टीका लगाउनु पुर्व दियो कलश र गणेश भगवानको पुजा गर्नु पर्छ । यम परिवार बिमिरोको पुजा अर्चना पनि मन शुद्ध गरि गर्नुपर्ने हुन्छ ।
काशको करुवाको टुटिमा दुबो राखी सर्बप्रथम द्वार छेक्नु पर्छ । दिदिबहिनीले फुलपाती करुवाको पानी दुबोले तीन पटक परिक्रमा गरि भाईको शिर तोरिको तेल लगाउनु पर्छ ।
त्यस पश्चात कानमा तेल लागाई, कुमको पुजन, जानूको पुजन, पाउको पुजन र अन्तमा शिरको पुजन गरि शिरपोस धारण गराइदिनु पर्छ र शिरपोस माथी दाम चढाउने चलन छ । दिदिबहिनीले भाइको निधारमा सप्तरङ्गी टिका लगाई दिने हाम्रो वैदिक परम्परा हो ।
दिदिबहिनीले गरे झैं दाजु भाईले पनि दिदिबहिनीको सत्कार पुर्वक पुजन गर्नु पर्छ । दिदिबहिनीले सत्कार पुर्बक मिस्ठान्न मेवा फलफूल ओखर कत्तुस आदि दिनु पर्छ र दाजुभाईले पनि सकेको गच्छे अनुसार दान दक्षिणा वस्त्र दिने परम्परा छ ।
आदि कालमा सुर्य पुत्र यमराज बहिनी यमुनाको गृहमा पाँच दिन सम्म बसि सुख पुर्वक भोजन आदि गरि द्वितीयाका दिन आफ्ना बाबू यमको पुजन गरि मिष्टान भोजन गराएको प्रमाण शास्त्रमा पाइन्छ ।