जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले नेपालको पश्चिमी भू भागमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । हाल देशको कर्णाली र सुदूरपश्चिम प्रदेशका भू(भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकि भू भागमा मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकि प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही अन्य भू भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकि प्रदेशका पहाडी भु(भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केहि स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
साथै, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
महाशाखाबाट जारी विज्ञप्तिमा भनिएको छ, ’ सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध छ।’