अत्तरिया - कैलालीको अत्तरियाका पत्रकार हेमराज भट्ट सहितका युवा टिमले थालेको गोदावरी नगरपालिका भित्रका बिपन्न परिवारलाई दशै तिहार कोशेली अन्र्तगतको दोस्रो चरणको राहात बितरण सुरु भएको छ ।
गोदावरी एफ एमका समाचार प्रमुख समेत रहेको भट्ट सहित गौरी शंकर टोल सुधार संस्थाका युवा टिमहरुले दशै अघिदेखी सुरु गरेको अभियान अन्र्तगत आजवाट दोस्रो चरणको राहात बितरण सुरु भएको हो ।
गोदावरी नगरपालिका २ अत्तरियामा रहेको अनाथ एबम् असहाय महिला तथा बालबालिकाहरुको संरक्षण गरिरहेको महिला तथा बालबालिका सेभ हाउसको समन्व्यमा आज पहिलो दिन गोदावरी ११ र १२ का अति विपन्न ७ परिवारलाई तिहारको कोशेली स्वरुप खाध्यान्न वितरण गरिएको प्रमुख अभियान्ता पत्रकार भट्टले जानकारी दिए ।उनको अनुसार प्रतिपरिवार २० किलो चामल , दाल , नुन र तेल लगाएतका सामाग्रीहरु आज एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो । देश तथा बिदेशमा रहेका बिभिन्न सहयोगी हातहरुवाट रकम संकलन गर्दै कोरोनाका कारण दैनिक गुजरा चलाउन पनि धौ धौ भैरहेको परिवारलाई थोरै भएपनि तिहारको मुखमा खाध्यान्न वितरण गर्ने कार्यक्रम अनुसार अभियान चलाएको उनले बताए ।उनले यसमा महिला तथा बालबालिका सेभ हाउसले आफ्नो संस्थामा बिभिन्न ठाउँवाट आएको सहयोगको एक एक मुठी जम्मा गरेर राखेको चामल बिभिन्न गाउँघरमा रहेका अति बिपन्न गरिव परिवारका लागि अभियानमा जोडिदै सहयोग गरेको भन्दै सेभ हाउसलाई धन्यवाद दिएका छन् ।सेभ हाउसकी अध्यक्ष जानकी मलासीले यस महान कार्यमा आफुहरु पनि जोड्दै थोरै भएपनि सहयोग गर्ने अबसर पाएको भन्दै खुसी ब्यक्त गरिन् । गोदावरी १२ का वडा अध्यक्ष भिम बहादुर खड्का प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा गोदावरी ११ कि वडा सदस्य बिमला सेरला , सेभ हाउसकी अध्यक्ष जानकी मलासी , उपाध्यक्ष सकुन्तला सोप , गोदावरी होटल ब्यबसायी संघका अध्यक्ष धनादेवी चोदाल , समाजसेवी कर्ण बि.क , देव नेपाली , कृष्ण नेपाली र अभियानका सह अभियन्ताहरु राजकुमार खड्का , पुष्कर ओझा , लोकेश साउँद , धर्मराज जोशी , मनोज पाण्डे , राजकुमार बुढा लगाएतको सहभागिता रहेको थियो ।
दोस्रो चरणको अभियान अन्र्तगत भोली पनि गोदावरी नगरपालिकाका बिभिन्न वडाहरुमा राहात बितरण गर्ने कार्यक्रम रहेको प्रमुख अभियान्ता भट्टले बताए ।
पहिलो चरणको अभियानमा ३० अति बिपन्न , गरिब , असहाय , बाढी पिडित , अपाङ र अशक्त परिवारलाई खाध्यान्न बितरण गरिएको थियो ।