काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो सहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार २४९ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ६४ हजार ५९२ जना निको भएका छन्।आज देशभर ३८ हजार ४६१ जना सक्रिय संक्रमित छन्।पछिल्लो २४ घण्टामा १० हजार २२ जनाको पिसिआर परीक्षण भएको छ।
कुन जिल्लामा कति ?
प्रदेश १ को उदयपुरमा ४, ओखलढुंगामा ३, झापामा ४९, ताप्लेजुङमा २, तेह्रथुममा १, धनकुटामा ३, भोजपुरमा १, मोरङमा ५७, सोलुखुम्बुमा १ र सुनसरीमा ३९ जनामा कोरोना भेटिएको छ।
प्रदेश २ को धुनषामा १४, पर्सामा १२, बारामा ४, महोत्तरीमा ५, रौतहटमा ५, सप्तरीमा ६, सर्लाहीमा ८ र सिरहामा १६ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र ७ सय ६४ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ५०, चितवनमा ३९, दोलखामा १४, धादिङमा ११, नुवाकोटमा १८, भक्तपुरमा ८३, मकवानपुरमा २६, रसुवामा १, रामेछापमा ३, ललितपुरमा १ सय २६, सिन्धुलीमा ९ र सिन्धुपाल्चोकमा ५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ७१, गोरखामा १२, तनहुँमा ५२, नवलपरासी पूर्वमा ८, पर्वतमा ५, मुस्ताङमा ३, लमजुङमा १२, वागलुङमा १० र स्याङजामा २० जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, कपिलवस्तुमा ४, गुल्मीमा १९, दाङमा ५१, नलवपरासीमा १३, पाल्पामा १७, प्यूठानमा ६, बर्दियामा २१, बाँकेमा ४४, रोल्पामा २ र रुपन्देहीमा ५६ जनामा कोरोना पाइएको छ।
यस्तै, कर्णाली प्रदेशको हुम्लामा १, जुम्लामा १, दैलेखमा ४, रुकुम पश्चिममा ५, सल्यानमा ४ र सुर्खेतमा ३ जनामा कोरोना पुष्टि भएको छ।
सुदूरपश्चिमको अछाममा २, कञ्चनपुरमा १४, कैलालीमा ५०, डडेल्धुरामा ८, डोटीमा १, बझाङमा ९, बाजुरामा २ र बैतडीमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।