बाजुरा- जिल्लामा रहेको एक मात्र जिल्ला अदालतको भवन जीर्ण हुँदा इजलास र दर्ता चलानी एउटै कोठामा सञ्चालन गरेको छ । भवन अभावमा अदालतको न्याय सम्पादन लगायतमा समस्या हुने गरेको अदालतले जनाइको छ । जिल्ला अदालतको भवन जीर्ण हुँदा आफुलाई न्याय सम्पादन गर्न र बस्नलाई निकै कठीनाइ भएको जिल्ला न्यायाधीश तेजनारायण पौडेलले बताए । भवनको अभावले गर्दा कार्यालय भित्र रहेका दर्ता चलानी फिराद,तामील,मुदा,फांटा लगाएका सात वटा फाँट एउटै कोठमा रहेका छन । त्यसै सँग जोडीएको सानो कोठामा इजलास कोठा रहेको न्यायाधीश पौडेलले बताए । उनले भने- 'इजलासमा काम गर्दै गर्दा थकाई लागेको समयमा आफनो आरम गर्ने ( चेम्मर) सम्मेत नहँदा आफुले कुनै आराम गर्नु पर्ने भए बाहिर गएर आराम गर्नु पर्ने बाध्यता रहेको छ।'
त्यस्तै जिल्ला अदालतका श्रोस्तदार भोलाराज रेग्मीले भवन जीर्ण हुँदा अदालतमा हुनु पर्ने बाल इजलास,बाल न्याय कक्ष,मेलमिलाव कक्ष,सरकारी वकील बस्ने कक्ष,साक्षी कक्ष,लगाएतका कोठाहरु नहुँदा न्यायाधीश लाई न्याय सम्पदानमा समस्य हुने गरेको बताए । बकपत्र गर्न आएका वकिल बस्ने कक्ष कोठा व्यवस्था हुन नसक्दा आलोपालो गरी बस्नु पर्ने बाध्यता रहेको श्रोस्तदार रेग्मीले बताए । उनका अनुसार बाल,इजलास देखि अन्य इजलास सगै रहेकाले न्याय सम्पादनमा समस्य आउने गरेको छ ।
जिल्ला अदालतको भवन २०३७ सालमा निमार्ण गरेको हो । छ कोठे भवन जीर्ण बन्दै गएपछी बर्खेएमको समयमा चुने गरेको बताए । अदालतमा न्यायधीश लगाएत २२ जना कर्मचारीहरु रहेका छन । तिनीहरु एउटै कोठामा अलग,अलग फाँट बनाएर काम गर्दै आएका छन । भवन चुने भए पछी कागजात जोगाउन निकै कठीनाइ हुने गरेको कार्यालयका कर्मचारीहरुको दुखेसो रहेको छ ।
भवन निमार्णको लागी प्रकृया
अदालतको नाममा आवश्यक जग्गा नहुदा पटक,पटक भवन निमार्णको लागी केन्द्मा माग गर्दा केन्द्रले अदालतको आफनै नाममा आवश्य अनुसारको जग्गा खोजेको हुन्छ । तर अदालतको नामा जग्गा नहुदाँ अहिले सम्म भवन बन नसकेको श्रास्तदार रेग्मीले बताए । उनले भने अहिले मात्र जिल्ला समन्यव समितीको जग्गा लिने निर्णय गरे पछी भवन बन्ने केही प्रकृयामा अगाडी बडेको बताए ।