अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाका ३ जना सहित सुदूरपश्चिम प्रदेशमा आज थप १ सय २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशका बिभिन्न ६ वटा प्रयोगशालामा ९ सय २० जनाको नमुना परीक्षण गर्दा १ सय २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
धनगढी स्थित सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ४१ जनाको परीक्षण गर्दा १७ महिला र ४६ पुरुष गरी ६३ जनामा संक्रमण पुष्टि भएको हो । जसमा धनगढी उपमहानगरपालिकाका मात्रै २९ जना रहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।
यस्तै गोदावरी नगरपालिकाका ३ जना, भजनी नगरपालिकाका ८ जना, घोडाघोडी नगरपालिका र टीकापुर नगरपालिकाका २ र २ जना, यस्तै ठेगाना नखुलेका कैलालीकै ३ जनामा समेत कोरोना पुष्टि भएको उनले बताए । यसैगरि कञ्चनपुरको बेलौरी नगरपालिकाका ८ जना, भीमदत्त नगरपालिकाका ७ जना र अछामका एक जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
उता जिल्ला अस्पताल डडेल्धुरामा गरिएको परिक्षणमा ३७ जना , जिल्ला अस्पताल डोटीमा भएको परिक्षणमा १४ जना, जिल्ला अस्पताल बझाङमा भएको परिक्षणमा ९ जना र अछामको कमलबजार प्रयोगशालामा भएको परिक्षणमा ६ जनामा संक्रमण पुष्टि भएको छ ।
उता डडेल्धुरा अस्पताल प्रयोगशालामा २ सय ३६ जनाको परीक्षण गर्दा ३७ जना, जिल्ला अस्पताल डोटी प्रयोगशालामा १ सय ९८ जनाको परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै जिल्ला अस्पताल बझाङ प्रयोगशालामा ९ जना, कमलबजार नगरपालिकाको प्रयोगशालामा ६ जना मा संक्रमण पुष्टि छ । यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १० हजार ५ सय ९६ पुगेको छ ।