काठमाडौं- बितेको २४ घण्टामा देशभर २ हजार ५ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९७ हजार २४ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ७९८ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ५९ हजार ७२४ जना निको भएका छन्।
आज देशभर ३६ हजार १७४ जना सक्रिय संक्रमित छन्।पछिल्लो २४ घन्टामा १८ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या ११२६ पुगेको छ।पछिल्लो २४ घण्टामा ११ हजार १७७ जनाको पिसिआर परीक्षण भएको छ।
सोमबार कुन जिल्लामा कति संक्रमित थपिए ?
प्रदेश १ को इलाममा ५, उदयपुरमा १२, ओखलढुंगामा ३, खोटाङमा २, झापामा ३३, तेह्रथुममा १, धनकुटामा ४, पाँचथरमा ५, भोजपुरमा २, मोरङमा १ सय ४८, संखुवासभामा ३ र सुनसरीमा ९१ जनामा कोरोना भेटिएको छ।
प्रदेश २ को धुनषामा १२, पर्सामा १०, बारामा ३, महोत्तरीमा ७, रौतहटमा ५, सप्तरीमा ९, सर्लाहीमा ६ र सिरहामा ११ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार १ सय ३६ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ४७, चितवनमा २८, दोलखामा ४२, धादिङमा ५, नुवाकोटमा ८, भक्तपुरमा ९१, मकवानपुरमा ४२, रसुवामा १, रामेछापमा ५, ललितपुरमा २ सय १, सिन्धुलीमा ५ र सिन्धुपाल्चोकमा ९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १ सय ५१, गोरखामा १३, तनहुँमा १८, नवलपरासी पूर्वमा ११, पर्वतमा ३, म्याग्दीमा १, लमजुङमा २ र स्याङजामा १७ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा २९, गुल्मीमा ४, दाङमा ११, नलवपरासीमा ९, पाल्पामा २४, प्यूठानमा २, बर्दियामा ३, बाँकेमा ८ र रुपन्देहीमा ८५ जनामा कोरोना पाइएको छ।
यस्तै, कर्णाली प्रदेशको जुम्लामा ५, दैलेखमा १३ र सुर्खेतमा ७ जनामा कोरोना पुष्टि भएको छ। सुदूरपश्चिमको अछाममा ९, कञ्चनपुरमा २५, कैलालीमा ६६, डडेल्धुरामा १५, डोटीमा १०, दार्चुलामा ११, बझाङमा १२, बाजुरामा १० र बैतडीमा ९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।