अत्तरिया - सुदूरपश्चिम प्रदेश भरी आज थप १ सय २ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । प्रदेशका बिभिन्न ४ वटा प्रयोगशालामा मार्फत ४ सय ५३ जनाको नमुना परीक्षण गर्दा १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ३ सय ६७ जनाको परीक्षण गरिएकोमा ९१ जनामा संक्रमण पुष्टि भएको छ । जसमा धनगढी उपमहानगरपालिकाका मात्रै ३३ जना रहेको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार टीकापुर नगरपालिकाका १२ जना, भजनी नगरपालिकाका २ जना, जोशीपुर गाउँपालिका, बर्दगोरीया गाउँपालिका र घोडाघोडी नगरपालिकाका १ र १ जना र ठेगाना नखुलेका कैलालीका १२ जनामा समेत कोरोना पुष्टि भएको छ ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका १२ जना, पुर्नवास नगरपालिकाका ४ जना, बेदकोट नगरपालिकाका ३ जना, कृष्णपुर नगरपालिकाका २ जना, त्यसै गरी बेलौरी नगरपालिका, शुक्लाफाटा नगरपालिका, लाल झाडी गाउँपालिकाका र ठेगाना नखुलेका १ र १ जनामा पनि कोरोना देखिएको छ ।
उता डडेलधुरा अस्पतालमा गरिएको परीक्षण्मा २ जना , बैतडीमा ५ जना र अछाम कमल बजारमा ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै सुदूरपश्चिममा कुल कोरोना संक्रमितको संख्या १० हजार ४ सय ६७ पुगेको छ ।