धनगढी- सुदूरपश्चिममा थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा ३० महिला ६२ पुरुष गरी ९२ जनामा संक्रमण पुष्टि भएको हो ।
धनगढी उपमहानगरपालिकाका ४१ जना, जानकी गाउँपालिकाका १९ जना, टीकापुर नगरपालिकाका ९ जनामा संक्रमण पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै जोशीपुर र चुरे गाउँपालिकाका २/२ जना, ठेगना नखुलेका १ जना, कञ्चनपुरको वेदकोट नगरपालिकाका ९ जना, बेलौरीका २ जनामा पनि संक्रमण पुष्टि भएको श्रेष्ठले बताए ।
कञ्चनपुरकै भीमदत्त नगरपालिका, पुनर्वास नगरपालिका, बेल्डाडी गाउँपालिका, कृष्णपुर नगरपालिकाका १/१ जना, डोटीको दिपायल सिलगढी नगरपालिका, अछामको साफेबगर नगरपालिका र सुर्खेतका १/१ जनामा पनि संक्रमण पुष्टि भएको हो । ।
संक्रमितहरुको बिबरण हेर्नुस :-