अत्तरिया - सुदूरपश्चिम समाज दक्षिण कोरियाले समाजका पूर्व अध्यक्ष धर्मराज जोशीको बिदाई गरेको छ । १० बर्षको लामो कोरिया बसाई पश्चता नेपाल घर फर्किन लागेका सु.प समाजका पूर्व अध्यक्ष तथा बर्तमान सल्लाहाकार समेत रहेका जोशीलाई एक कार्यक्रममा बिच सम्मान गर्दै बिदाई गरिएको हो ।
आफ्नो गाउँघरवाट धेरै टाढा पराईको भूमिमा भएपनि नेपालीहरु बिचको माया , ममता र भातृत्वको सम्बन्धलाई मजबुत बनाइ राख्न जोशीले खेलेको भुमिकाको प्रशंसा गर्दै समाजका वर्तमान समितिका पदाधिकारीहरुले सम्मन पत्र सहित सम्मानित गरेका थिए ।
सुदूरपश्चि समाज दक्षिण कोरियाका अध्यक्ष वीर पालको अध्यक्षता एक कार्यक्रमको आयोजना गर्दै उनको सम्मान र बिदाई गरिएको हो ।
१० बर्ष देखी कोरियामा रहेर समाजलाई अगाडी बढाउन निकै महत्वपूर्ण सहयोग गरेका धर्म राज जोशीको नाम कोरियामा एक प्रचलित नाम बनेको छ ।
समाजका पूर्व अध्यक्ष , सेवक नेपालको सस्थपक सदस्य एनआरएन कोरियाका केन्द्रिय सदस्य लगाएत विभिन्न सामाजिक संघ सस्थामा आबद्ध जोशी एक सामाजिक अभियन्ता समेत रहेका छन् । उनले कोरियामा कोही पनि नेपालीहरुलाई समस्या पर्दा रात दिन नभनि निरन्तर सहयोग गर्दै आएका उनी भोली नेपाल फर्किरहेको समाजका अध्यक्ष बिर पालले जानकारी दिए ।
उनले सु।प समाजलाई सामाजिक कार्यमा निरन्तर सक्रिय जोशीको सदैब अभाव खट्किरहने बताए । उनले लामो समय प्रवासमा बसेर नेपालीहरुको बिचमा एकताबद्ध बनाउने जोशीको आगमी यात्रा निकै सुखद र सफल होस भन्दै शुभकामना दिएका छन् ।
समाजका बरिस्ठ उपाध्यक्ष दिल मडैले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालक महासचिव ओम साउँदले गरेका थिए । कार्यक्रममा उपाध्यक्ष महेस महरा , सचीव योगेश बोहरा , सल्लाहकार यज्ञ राज जोशी , यज्ञमान नायक . जितेन्द्र महता , प्रकाश खत्री , कमल शाही , लगाएत कार्य समितिका सल्लाहकार तथा अन्य पदाधिकारीको बाक्लो उपस्थित रहेको थियोे ।