अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं ५ गेटामा निमाणाधिन गेटा मेडिकल कलेजको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले स्थलगत निरिक्षण गरेका छन् ।
सोमबार मेडिकल कलेज पुर्वाधार निर्माण विकास समितिको टोलीसँग मन्त्री भट्टले हालसम्म भएको प्रगति विवरण, निमार्ण क्रममा भएका समस्या र आगामी काम कारबाहीको बिषयमा बुझ्नका लागि स्थलगत निरिक्षण गरेका हुन् ।
मेडिकल कलेज पुर्वाधार निर्माण विकास प्राविधिक ईन्जिनियर पवान रावलले मेडिकल कलेजको निमार्णको क्रममा भए गरेका कामको बारेमा मन्त्री भट्टलाई जानकारी गराएका थिए । कलेज निमार्णका क्रममा अब आउने समस्या भनेको अहिले निर्माणाधिन अबस्थामै रहेको अत्तरिया धनगढी ६ लेन सडकको उचाई मेडिकल कलेज भन्दा केही बढी देखिएकाले ढल निकासको समस्या हुने उनले बताए ।
यसका साथै बिधुत् लाईन पनि मेडिकल कलेज क्षेत्रमै भएकाले अन्डरगराउन्ड लाईनको बिस्तार गर्नु पर्ने र बरपर कमैया बस्ती भएकाले पर्खाल निमार्णमा समस्या आई रहेको समेत ईन्जिनियर रावलले बताएका छन् । यी सबै समस्याको सरल तरिकाले निकास खोजिले बताउदै उधोग मन्त्री भट्टले मेडिकल कलेजलाई भने तोकीएको समय सिमामा सम्पन्न गर्न निर्देशन दिए ।
उनले मेडिकल कलेजका पदाधिकारीहरुलाई गेटा मेडिकल कलेजलाई नेपालको पहिलो मेडिकल कलेज बिश्व बिद्यालयको बनाउन पहल भईरहेको समेत जानकारी गराए ।
मेडिकल कलेजको स्थलगत अनुगमन तथा निरिक्षणमा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्ट, संघीय माननिय साँसद दिपकप्रकाश भट्ट, सूदुरपश्चिम प्रदेश आर्थिक मामिला मन्त्री झपट बोहरा , उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टका प्रमुख स्वकिय सचिब हितेश ओझा, प्रदेश साँसद लगायत मेडिकल कलेजका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।