अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ११ र १२ मा पर्ने ओलानीमा खानेपानीको हाहाकार भएको छ । बढ्दो गर्मीसंगै पानीका स्रोतहरु सुक्दै जान थालेको र खानेपानीका लागि बनाएको बोरिङ् बिग्रिएकाले खानेपानीको हाहाकार भएको हो ।
खानेपानीको हाहाकार हुदा स्थानियहरु पानीको खोजीमा यता उता भौतारिँरहेका छन् । साविकको गोदावरी गाविस रहेको ओलानी नगरपालिकामा जोडिएको करिब ५ बर्ष पुग्न लाग्दा पनि त्याहाका स्थानियहरुको शुद्ध पानी पिउने सपना सपनामै सिमित रहेको छ । यसो त त्याहा पानीका लागि भनेर विभिन्न संघ संस्थाले करोडौंको लगानी गरेका छन् ।
यद्धपी स्थानियहरुका समस्या ज्युका त्यु नै रहेका छन् । विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाले दर्जन बढी कुँवा तथा सोही अनुपातमा ट्याङ्की निर्माण गरी धारा वितरण समेत गरेको भए पनि पानीका लागि भौतारिनु पर्ने बाध्यता भने पहिलेकै जस्तो भएको स्थानीयहरु बताउँछन् । स्थानीयका अनुसार सरकारी तथा गैर सरकारी संस्थाबाट आउने अयोजनामा राजनीति हुनु र बनेका संरचनाको संरक्षण गर्ने जिम्मेवार निकाय नहुँदा योजना बन्दै बिग्रिदैं जाने गरेका छन् ।
ओलानीमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, वल्र्ड भिजन, नेवा र रोटरी क्लब लगायतका संघ संस्थाले पानीमा लगानी गरेको स्थानियहरुको भनाई छ । पछिल्लो समयमा गोदावरी नगरपालिका वडा नम्बर ११ र १२ को सबै जसो ठाउमा पानीको असाध्यै हाहाकार भएको गोदावरी नगरपालिका वडा नं ११ का स्थानिय बिष्णु बडैलाले जानकारी दिए । ओलानीको मुख्य बजार गौडी , रेगुलेटर ,कोल्मुडा क्षेत्रमा पानीको सवै भन्दा बढी समस्या भएको उनले बताए ।
उनले पानीको हाहाकार भएपछि अहिले स्थानियहरु पानी भर्नका लागि दिनरात लाईनमा बस्ने गरेको बताए । ओलानीमा हाल सम्म कम्तिमा २० खानेपानीका टयाङ्की निर्माण भएका छन् । त्यतीनै संख्यामा कुँवा पनि निर्माण भए, तर ओलानीवासी खानेपानीको समस्याबाट मुक्त हुन सकेका छैनन् । खानेपानी आउँछ भन्दै एक दुईपटक घरघरमा पाइप र्पुयाएको भए पनि पानी भने नआएको बडैलाले बताए। योजना नबन्दै विवाद हुने, राजनीतिक भागबण्डा, स्थानीयको असहयोगका कारण हरेक योजना नबन्दै बिग्रिने गरेको स्थानियहरुको भनाई छ ।
गोदावरी नगरपालिका वडा नम्बर – ११ का वडा अध्यक्ष शिब बहादुर बिकले पछिल्लो केहि दिन यता खानेपानीको हाहाकार भएको बताए । उनले खानेपानीका बोरिङ् बिग्रिएकाले पानीको हाहाकार भएको र अहिले बोरिङ् बनाइसकेको बताए । ओलानीबासीले बर्षौदेखी भोग्दै आएको खाने पानी समस्या अब छिट्टै समाधान उनले दाबी गरे । उनले अहिले वडामा दुई वटा खानेपानीका ठुला योजना निर्माण भइरहेको अबको २ बर्ष पछि प्रत्येक ओलानीबासीको घरमा घरमा खानेपानीका धारा पुञ्याउने लक्ष्य रहेको बताए । त्यसपछि ओलानीमा खानेपानीको समस्या सदाका लागि अन्त्य हुने उनले दाबी गरे ।