अत्तरिया - नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले कैलालीका १३ वटै स्थानीय तहमा इन्चार्ज र सहइन्चार्जको टुङ्गो लगाएको छ । हिजो बसेको बैठकले गोदावरी नगरपालिकाका सहित जिल्लाका १३ वटै स्थानीय तहका इन्चार्ज र सहइन्चार्जको टुङ्गो लगाएको हो ।
जसका गोदावरी नगरपालिकाको नगर इन्चार्जमा राम प्रसाद चौधरी र सह–इन्चार्जमा चुनकुमारी चौधरी , चेतबहादुर रोकाया , खम्ब बुढा , धर्म कुबर , शेर बहादुर बिष्ट र तिलक चौधरीलाई तोकिएको छ ।
धनगढी उपमहानगरपालिकाको इन्चार्जमा निर्मल शाह र सह इन्चार्जमा तेजेन्द्र थापा , गोबिन्द बिसि, बिष्णु चन्द, फूलराम चौधरी लगायतका ८ जना तोकिएका छन् । चुरे गाउँपालिकाको इन्चार्जमा डम्बर शारुमगर र सह–इन्चार्जमा लोकबहादुर थारु सहितका ४ जना , गौरीगंगा नगरपालिकाको इन्चार्जमा पवन बोगटी र सह–इन्चार्जमा मदनराज ओझा सहितका ७ जना तोकिएका छन् ।
यस्तै घोडाघोडी नगरपालिकाको इन्चार्जमा लक्ष्मण चौधरी र सह–इन्चार्जमा खडक रावत सहितका ८ जना , कैलारी गाउँपालिकाको इन्चार्जमा दयाशंकर चौधरी र सह–इन्चार्जमा उर्मिला चौधरी र गुष्मा चौधरी, बर्दगोरिया गाउँपालिकाको इन्चार्जमा दिलबहादुर बिक र सह–इन्चार्जमा लक्ष्मी रिमाल, लम्कीचुहा नगरपालिकाको इन्चार्जमा रतन सुनार र सह–इन्चार्जमा दलबहादुर रावल लगायतका ६ जना , भजनी नगरपालिकाको इन्चार्जमा बिमलकुमार जोशी र सह–इन्चार्जमा पुष्पा चौधरी र जनक साउँद, जोशीपुर गाउँपालिकाको इन्चार्जमा ओजारी चौधरी र सह–इन्चार्जमा शिवराज बिनाडी सहितका ५ जना तोकिएका छन् ।
मोहन्याल गाउँपालिकाको इन्चार्जमा नन्दराज बजगाई र सह–इन्चार्जमा कमल बटाला, जानकी गाउँपालिकाको इन्चार्ज तोकिएको छैन् भने सह–इन्चार्जमा ज्ञानु कुँवर र तीर्थराज उपाध्याय र टीकापुर नगरपालिकाको इन्चार्जमा लालबहादुर चौधरी र सह–इन्चार्जमा तारा सञ्जाल, खुसिराम चौधरी लगायतकालाई तोकिएको छ ।