अत्तरिया - नेविसंघ शंकरदेव क्यम्पसका नेता दिपक ओझालाई प्रहरी बिना कारण अपहरण शैलीमा पक्राउ परेको भन्दै अत्तरियामा निरन्तर प्रर्दशन भैरहेको छ । अत्तरियावाट पक्राउ परेका आफ्ना नेता ओझालाई तत्काल रिहाइ गर्नु पर्ने माग राख्दै आज पनि नेबिसंघले प्रदर्शन गरेको हो ।
नेबिसंघ क्षेत्र नम्बर ४ को आयोजनामा उनिहरुले बिरोध पर्दशन गर्दै निशर्त रिहाईको माग गरेका हुन । उनहरु अत्तरिया बजार मा बिरोध सहित पर्दशन गरेका हुन । कार्यक्रममा सहभागीहरुले सरकार र प्रहरी बिरुद्ध चर्को नाराबाजी सहित पर्दशन गरेका हुन ।
सरकार र प्रहरी बिरुद्ध चर्को नाराबाजी सहित अत्तरिया बजार बरपर र्याली निकाल्दै अन्तिम ईलाका प्रहरी कार्यालय मालाखेती कार्यालयको अगाडी गएर कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई नेविसंघ क्षेत्र नं ४ का क्षेत्रिय सभापति गणेश शाह , तरुण दल गोदावरी नगर समितिका सभापति शंकर खड्का , युवा नेता पदमराज ओझा , प्रेमराज भट्ट , जगतराम महरा , देवराज ओझा लगाएतले सम्बोधन गरेका थिए । ओझाको रिहाई नगरेसम्म आन्दोलन जारी रहने नेबिसंघ क्षेत्र नम्बर ४ का सभापती गणेश शाहले बताए ।
ओझालाई प्रहरीले बुधबार कैलालीको अत्तरियाबाट नियन्त्रणमा लिएको थियो। त्रिवि समाजशास्त्रका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गरी घाइते बनाएको घटनामा ओझा संगलग्न भएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
उपप्राध्यापक चलाउनेमाथि गत असोज २० गते त्रिवि परिसरभित्रै कुटपिट भएको थियो। घटनामा संलग्न रहेको आरोपमा यसअघि प्रहरीले केहीलाई पक्राउ गरिसकेको छ।