डडेल्धुरा- आर्थीक बर्ष २०७५÷७६मा राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यलयमा, मानव अधिकार उलङ्घनका २१वटा उजुरी दर्ता भएका प्रदेश कार्यलयले जनाएको छ । प्रदेश कार्यलयका प्रमुख झँकर बहादुर रावलका अनुसार १२१ निवेदन कार्यलयमा आएका छन् । उनका अनुसार यो वर्षमा सुदूरपश्चिम प्रदेशमा छाउपडी प्रथाका कारण १६ महिला तथा बालबालिकाहरुको मृत्यु भएको छ । बाजुरामा ३ र अछाममा १३ जना महिला तथा बालबालिकाहरु छाउगोठमा निस्सासिएर, आगो धुवाँले, सर्पले टोकी आदि कारणले मृत्यु भएको उनले जनाए । बढी जसो महिला हिँसा, घरेलु हिँसा, आत्म हत्या तथा बालबालिकाको अधिकार हननका मुद्दाहरु आउने गरेका छन् ।
वुधबार डडेल्धुरा सदरमुकाममा ‘मानव अधिकार रक्षकका लागि १दिने मानव अधिकार अभिमुखीकरण’ विषयक कार्यक्रम सो जानकारी दिइएको हो । कार्यक्रममा बोल्ने अधिँकास बक्ताहरुले मानव अधिकार रक्षकहरुलाई काम गर्न असहज भएकोे गुनासो गरेका छन् । राजनीतिक, सामाजिक तथा अन्य प्रकारका दबाबले पीडित पक्षलाइ न्यायदिनमा मानव अधिकारकर्मी नै चुक्ने गरेको उनिहरुको भनाइ थियो । कार्यक्रममा मानव अधिकार उलङ्घनका घटना, मानव अधिकारको अन्तराष्ट्रिय प्रणाली र मापदण्ड लगायतका बारेमा जानकारी दिइएको हो । कार्यक्रममा मानव अधिकारको संरक्षण र सम्बर्धनमा क्रियाशिल विभिन्न संघ–संथाहरुमा कार्यरत पदाअधिकारी, अधिकारकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायत सरोकारवाहरुको उपस्थिति रहेको थियो ।
जिप्रका डडेल्धुरामा मुद्दाहरु बढे
विगतको बर्षको तुलनामा चालु आर्थीक बर्षको हालसम्म जिल्ला प्रहरी कार्यलय डडेल्धुरामा आउने मुद्दाको संख्यामा बढोत्तरी भएको छ । जिल्ला प्रहरी कार्यलय डडेल्धुराका प्रहरी नायव निरीक्षक करविर सिँ ऐरका अनुसार चालु वर्षको हाल सम्म ६७ मुद्दा दर्ता भएकोमा ४४ मुद्दा फछ्र्यौट तथा २१ बाँकी छन भने २ चालु अवस्थामा छन् ।
सबैभन्दा बढी झुण्डिएर आत्महत्याका १९ मध्ये १० फछ्र्यौट ९ बाँकी रहेको जिप्रका डडेल्धुराले जनाएको छ ।त्यस्तै सवारी ज्यानका ९ मध्ये ७ फछ्र्यौट २ चालु, भवितव्य ज्यानका २ओटै बाँकी, फुटकरज्यानका २ओटै बाँकी, विष सेवान गरि आत्महत्याका ५ मध्ये ३ फछ्र्यौट २ बाँकी, मानव बेचबिखन तथा ओसार पसारका र जवरजस्ति करणीका ८ओटै फछ्र्यौट, लागु औषध सेवनका ३ ओटै फछर्यौट, सवारीबाट भवितव्य ज्यानका २ओटै बाँकी रहेको प्रहरीले जनाएको छ ।
यस्तै साधारण चोरीका एउटा मुद्दा फछ्र्यौट, नैतिकता विरुद्धको ५ओटै फछ्र्यौट, ज्यान सम्बन्धिको एउटा बाँकी, बाल–विवाहको एउटा मुद्दा फछ्र्यौट, हाहाखखका २ओटै फछ्योट, आपराधीक उपद्रव आगो लगाएको एउटा फछ्र्यौट, बहु–विवाहका ३ ओटै फछ्र्यौट, करेन्ट लागी मृत्यु भवितव्य ज्यान र पानीमा डुवी मृत्युका ३ ओटै बाँकी रहेको जिल्ला प्रहरी कार्यलय डडेल्धुराले जनाएको छ । पछिल्लो समय जनचेतनामा वृद्धि तथा विभिन्न कारणले प्रहरीमा मुद्दा दर्ता हुनेक्रम बढेको जिल्लाका सरोकारवालाहरुले बताएका छन् ।