अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं ११ र १२ ओलानीका युवाहरुले गोदावरी दलित युवा संगठन गठन गरेका छन् । दलित समुदायको हकहितका र पिछडिएका बर्गहरुको आवाजलाई बुलन्द पार्नका लागि दलित युवाहरुको टिम मिलेर दलित युवा संगठन गरका हुन् ।
बादल बि.क अध्यक्षयतामा १३ सदस्यि युवा संगठन गठन गरिएको हो । जसको उपाध्यक्षमा मनोज बिक , सचिव देब नेपालि , सह सचिब राजेश बिक, कोषाध्यक्ष नरेश बिक चयन भएका छन् ।
यस्तै सदस्यहरुमा सिद्ध बिक , प्रकास सार्की , टेक नेपाली , प्रकास नेपाली, सुभाष नेपाली , प्रेम नेपाली , मनोज बिक र संकर कोलि चयन भएका छन् ।
२१ औ शताब्दीमा आएर पनि जातिय छुवाछुत कायमै रहेको र समाजमा घटिरहने कुरुति कुसंस्कारको अन्त्यका लागि जागरुप युवाहरुमो समुह मिलेर युवा संगठन गठन गरिएको सचिव देब नेपालीले जानकारी दिए ।
उनले जसको कोहि छैन , जो समाजमा जातिय छुवाछुतमा हेपिरहेका छन, जातिय मुद्दा निशित ठाउँसम्म पुग्दछन् तर आफ्ना मान्छे आगाडि नभएका कारणले कार्यनब्यन हुन सक्दैनन् उनीहरुको साहारा बन्नको लागि र समाजमा नकारात्मक कुराको अनत्य गरेर सकारात्मक सोच सिर्जना गर्नेको लागि युवा संगठनले काम गर्ने बताए ।