कैलाली - अत्तरियाका पत्रकार हेमराज भट्ट सहितको युवा टिमले थालेको दशै कोशेली अभियान अन्र्तगत ३० अति विपन्न परिवारलाई खाध्यान्न बितरण गरिएको छ ।
बिगत ६ बर्षदेखी अत्तरियालाई कर्मथलो बनाएर पत्रकारिता गरिरहेका गोदावरी एफएमका समाचार प्रमुख
भट्ट सहितको युवा टिमले गोदावरी नगरपालिका भित्रका अति बिपन्न , गरिब , असहाय , अपाङ्गता भएका भएका ब्यक्तिहरु , बाढी पिडितहरु गरि ३० परिवारलाई दशै तिहारको मुखमा घर घर गएर खाध्यान्न बितरण गरेका हुन् ।दैनिक ज्याला मजदुरी गरेर खाने परिवारहरुलाई यस बर्ष कोरोनाका कारण झन समस्या पारेपछि उनीहरुलाई थोरै भएपनि एक दुई दिन मिठो मसिनो खाउन भन्दै देश तथा बिदेशमा रहेका सहयोगीदाताहरुवाट रकम संकलन गर्दै सहयोग गरिएको हो ।
जसमा गोदावरी नगरपालिकाको सबै भन्दा बिकट वडा नं १२ सिममा गत साउनमा आएको बाढीपहिरोले पूर्ण रुपमा बिस्थापित भएका ४ परिवार संगै वडा नं १ , २ , ३ , ४ का अति बिपन्न , गरिब, शारिरिक तथा मानसिक अपाङगता भएका ब्यक्तिहरुलाई चामल , दाल , पिठो , नुन , तेल , पोषिलो खानेकुरा अण्डा , मासु खानका लागि नगद , साबुन , सोडा लगाएतको समाग्रीहरु बितरण गरिएको अभियानका प्रमुख अभियान्ता भट्टले बताए ।उनले दशैको दिन कसैको घरमा खसी बोका काटिने र कसैले एक छाक खान पनि अर्काको घरमा जानुपर्ने बाध्यातालाई चार्डपर्वको २÷४ दिन भएपनि घरपरिवारसंग बसेर मिठो मसिनो खाउन भन्दै यो अभियानको सुरुवात गरेको बताए ।उनले यस अभियानलाई सफल पार्न सहयोग गर्ने सम्पूर्ण देश बिदेशवाट सहयोग गर्ने सहयोगी दाताहरुलाई धन्यावद समेत दिएका छन् । उहाँको सहयोग बिना अभियान सफल हुन नसक्ने बताउदै सहयोगी हातहरुले स्वतस्फूर्त रुपमा गरेको सहयोगको उच्च कदर समेत गरेका छन् । उनले यो अभियान अझै आगामी दिनहरुमा पनि निरन्तर रुपमा चलिरहने बताए ।उक्त अभियानमा पत्रकार भट्टसंगै गौरीशंकर टोल सुधार संस्था तेघरीका प्रमुख सल्लाहाकार राजकुमार खड्का , पुस्कर ओझा , लोकेश साउँद , धर्मराज जोशी , मनोज पाण्डे , केशवराज भट्ट , दिपक साउँद सह अभियान्ताका रुपमा रहेका छन् ।