अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाका २९ जना सहित आज एकै दिन १ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टाको अबधिमा १ हजार १ सय ८० जनाको नमुना परीक्षण गर्दा गोदावरीका २९ जना सहित थप १ सय ३२ जनामा संक्रमण पुष्टि भएको हो ।
धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा ६ सय ८० जनाको नमुना परीक्षण गर्दा थप १ सय ११ जनामा संक्रमण पुष्टि भएको छ । जसमा धनगढी उपमहानगरपालिका मात्रै ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।
त्यसैगरि कैलारी गाउँपालिकाका ६ जना, घोडाघोडी, लम्कीचुहा र टीकापुर नगरपालिकाका ३ र ३ जना, गौरीगंगा नगरपालिकाका २ र स्थानीय तह नखुलेका १ जनामा पनि संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए । उता कञ्चनपुरको वेदकोट नगरपालिकाका ५ जना, शुक्लाफाँटा, कृष्णपुर र भीमदत्त नगरपालिकाका ३ र ३ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
बैतडीको दशरथ चन्द नगरपालिकाका १ जना, डोटीको शिखर नगरपालिका र केआइसिह गाउँपालिकाका १ र १ जना, कञ्चनपुरको बेल्डाडी गाउँपालिकाका १ जना र स्थानीय तह नखुलेका कञ्चनपुरकै १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
उता डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा १४, अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा ४ र जिल्ला अस्पताल बझाङ प्रयोगशालामा ३ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ ।