अत्तरिया - दशै तिहारको अबसरमा कैलालीको गोदावरी नगरपालिका भित्रका अति बिपन्न , गरिब , असहाय तथा बाढी पिडितहरुका लागि अत्तरियाका पत्रकार हेमराज भट्ट सहितका युवाहरुको टिमले थालेको दशै कोशेली अभियानका आजवाट सुरुवात गरिएको छ ।
अभियान अन्र्तगत आज सुरुको दिन गोदावरी नगरपालिका वडा नं ३ का ४ बिपन्न परिवारलाई खाध्यान्न बितरण गरिएको छ । अत्तरियाका सफल युवा ब्यवसायी हेम भण्डारी र गोदावरी ३ मा रहेको जनसामुदायिक पशु हाट बजारका तर्फवाट युवा समाजसेवी आशिष भट्टराईले सो अभियानमा सहयोग गर्दै आफै प्रतिपरिवार एक कट्टा चामल , दाल , नुन , तेलहरु खरिद गरेर स्थानिय डम्बरी कामी , पुष्पा जोशी , ईश्वरी देवी दमाई र मन्धरी टमटा गरि ४ परिवारलाई आफ्नै हातवाट हस्तान्तरण गरेका हुन् ।
कोरोना कहरका बेला घरदैलोमै नेपालीहरुको महान चार्ड दशै सुरु भएकाले यस बेला दैनिक ज्याला मजदुरी गरेर खाने बर्ग , अति बिपन्न , गरिब , बाढी , पिडित तथा अपाङगता भएका ब्यक्तिहरुको साानो भएपनि दशैको बेला कोशेली स्वारुप खाध्यान्न बितरण कार्यक्रममा भण्डारी र भट्टराईले पनि सहभागीता जनाएर आफ्नो ब्यक्तिगत खर्चवाट सहयोग गरेका हुन् ।दशैको मुखमै घरमै आएर खाध्यान्न पाएपछि बिपन्न परिवारका सदस्यहरु निकै खुसी भएका छन् । उनीहरुले यस्तो महान कार्यमा युवाहरुले सधै अग्रसरता देखाउनुपर्ने बताएका छन् ।
दशै तिहारको समयमा आफुले थालेको दशै कोशेली अभियानमा सहकार्य गर्दै महत्वपूर्ण साथ र सहयोग गरेको भन्दै अभियानका प्रमुख अभियान्ता पत्रकार भट्टले भण्डारी र भट्टराईलाई धन्यवाद दिए । खाध्यान्न बितरणमा अभियानका सह अभियान्तहरु पुस्कर ओझा , लोकेश साउँद र धर्मराज जोशीको सहयागिता रहेको थियो ।
उक्त अभियान अन्र्तगत भोली गोदावरी १२ मा रहेका बाढी पहिरोवाट पूर्ण रुपमा बिस्थापित भएका ४ परिवार र गोदावरी ६ लालपुरका ६ बिपन्न परिवारलाई दशै कोशेली बितरण गर्ने कार्यक्रम रहेको प्रमुख अभियान्ता भट्टले बताए ।