अत्तरिया - कैलालीको गोदावरी नगरपालिका – ६ मा रहेको कुटि बडेहा खोलामा पक्की पुल बन्ने भएको छ । सुदूरपश्चिम प्रदेश सांसद चुनकुमारी चौधरीको पहलमा प्रदेश सरकारको बजेटवाट पुल बन्ने भएको हो । पुलको आज एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । प्रदेश सांसद चौधरीले सुरुमै पुल निर्माणको कामको थालनी गर्न लगाउदै आज शिलान्यास गरेकी हुन् ।

शिलन्यास अघि नै पुलको काम ५÷७ प्रतिशत भैसकेको छ । पुलको शिलन्यास गर्दै सांसद चौधरीले आफ्नो गृह क्षेत्रमै रहेको खोलामा बर्षौदेखी पुल बन्ने सपना बोकेका स्थानियहरु पुल निर्माणका लागि निरन्तर आवाज उठाउदै आएको बताइन् । उनले आफु निर्वाचित भैसकेपछि सबै भन्दा पहिला स्थानियहरुलाई तत्काल आवश्यक रहेका आधारभूत आवश्यकताहरु पुरा गर्नुपर्छ भन्ने हेतुले प्रदेश सरकारवाट बजेट हाल्न लगाएर पुल निर्माणको काम सुरु गरेको बताइन् ।
सो खोलामा पुल नहुदाको पिडा आफुले पनि प्रत्यक्ष भोगेको बताउदै उनले पुल बनेपछि वडा नं ६ का आधा दर्जन बढी गाउँटोलका स्थानियहरुलाई आवातजावतमा सहज हुने बताइन् । उनले पुलको निर्माणको अबधि १८ महिनाको तोकिएपनि तोकिएको समय भन्दा अगाबै काम हुनेमा ढुक्क रहन स्थानियहरुलाई आग्रह गरिन् । उनले आफुले आफ्नो निर्वाचन क्षेत्रका हरेक कुना काप्चामा पुगेर जनताहरुका आधारभूत आवश्यकताहरुलाई बुझेर समाधान गरिरहेको बताइन् । यस्तै उनले आगमी विकास निर्माणका लागि पनि छुटै योजना बनाएर अगाडी बढेको बताईन् ।
उनले आफु निर्वाचित भैसकेपछि महिलाहरुको विकासका लागि महिला सशक्तिकरणका कार्यक्रम, खानेपानीका योजना निर्माण, सिचाई र सडक निर्माणका लागि काम गरेको बताइन् । यसमा सबै जनताहरुको सकारात्कम साथ र सहयोग पाएको हुदाँ आगामी दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताइन् । पुल नहुदाँ निकै समस्या खेपिरहेका स्थानियहरु पुलको शिलन्याश भएपछि निकै हर्षित भएका छन् ।
गोदावरी ६ बडेहाका स्थानिय रोशन भट्टले संसाद चौधरीले पहलमा बर्षौ देखि आफुहरुको पुलमा हिड्ने सपना साकार भएको बताए । उनले सो बाटो भएर आफ्नो घर पुग्न थोरै समय लाग्ने भएपनि पुल नहुदा हिउँद र बर्खामा लामो घुमाउरो बाटो भएर आवातजावत गर्नुपर्ने बाध्याता रहेको गुनासो पाखे ।
यस्तै अर्का स्थानिय बृद्ध डिल्लीराज बडुले आज भन्दा २ दशक पहिले देखी पुल निर्माणका लागि संम्बन्धित ठाउँहरुमा धाउदै आएको बताए । उनले यति सम्म गर्दा पनि आफ्नो सपना पुरा नभएको बेला अहिले आफ्नै ठाउँमा संसादले पहल गरेर पुल निर्माण हुने भए निकै खुसी लागेको बताए ।
प्रदेश सरकारको पुर्वाधार विकास कार्यालय कैलालीले निर्माण गर्न लागेको उक्त पुलको अनुमानित कुल लागत ४ करोड १६ लाख ८९ हजार २ सय ९१ रहेकोमा ठेकेदार कम्पनीसंग ३ करोड ५८ लाख २२ हजार १ सय ३७ रुपौयाँमा ठेक्का सम्भौता भएको छ । पुर्वाधार विकास कार्यालयका प्रमुख श्याम बहादुर खड्काले पुल निर्माणका लागि एलबी एण्ड एबी बिल्डर्स प्राली ठेक्का सम्झौता भएको बताए ।
यस पुलको लम्बाई २५ मिटर र चौडाई ७ दशमलव ५ मिटरको मुख्य सडक र ३ मिटरको फुटपात रहने जनाईएको छ । पुलको निर्माणका लागि २०७८ पुस २८ गते अर्थात १८ महिनाको समयाबधि तोकिएको छ ।
गोदावरी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष विर बहादुर चोखालले शुभकामना मन्त्यव्य राखेको शिलान्यास कार्यक्रमको संचालन पुर्वाधार विकास कार्यालयका प्रशासकिय अधिकृत जनक राम जोशीले गरेका थिए । कार्यक्रममा गोदावरी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष लहानु चौधरी लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजसेवी, स्थानियको सहभागीता रहेको थियो ।