अत्तरिया - कैलालीका किसानहरु यतिबेला खेतमा ब्यस्त छन् । हिउँदे बाली गहँु भित्रयाएपछि केहि समय खाली रहेका किसानहरु अब बर्खे बाली धान रोप्ने तयारीमा जुटेका छन् । अहिले सबै किसान आ आफ्नो खेतका लागि आवश्यक पर्ने धानको बिउ राखेर जमिनलाई खनजोत गरिरहेका छन् । यद्धपी त्यो बिउलाई जोगाउन स्थानिय किसानहरुलाई निकै मुस्किल भैरहेको छ । यसको मुख्य कारण हो छाडापशु चौपाय । जब जब खेतीपातीको समय आउँछ तब यँहाका किसानहरुको भोग , प्यास र निन्द्रा सबै हराउँछ ।
विगत ३ बर्षदेखी लगातार गाउँघर तथा बजारमा भित्रिएका छाडा गाईगोरुवाट आजित कैलालीका किसानहरुले अझैपनि यसबाट छुटकारा पाउन सकेका छैन् । स्थानिय तहको निर्वाचनको समयमा निकै बिकराल रुपमा खडा भएको छाडा गाईगोरुको समस्या स्थानिय तहमा जनप्रतिनिधिहरु आएको २ बर्ष पुरा भएपनि अहिले सम्म कुनै सुधान भएको छैन् । चर्को गर्मीको बेला निकै दुख कष्ठ गरेर बचाएको धानको बिउ कतै छाडागाईगोरुले सखाप पार्ने त होइनन् भनेर बिउ जोगाउन दिन रात खेतमै चौकिदारी गरेर बस्नु परिरहेको कैलालीको गोदावरी नगरपालिका वडा नं २ की हेमा भट्टले बताइन् ।
उनले आकाशे पानी नपरेर बिउ जोगाउन मुस्किल भैरहेका बेला पटक पटक खेलमा आउने छाडा चौपायले निकै दुख दिने गरेको बताइन् । ‘खै नगरपालिकाले हामी यता लग्यौ उता लग्यौ छाडा गाई गोरुको समस्या कम भयो भन्छ तर हाम्रा समस्या जस्ताका उस्तै छन् ’उनले भनिन् – ‘बिगत ३ बर्ष देखी हामी यस्तै समस्या झेलिरहेका छौ , छाडाचौपायका कारण अहिले सम्म कुनै पनि बाली हामीले राम्ररी भित्र्याउन पाएका छैनौ । ’गोदावरी नगरपालिका वडा नं २ का अधिकाशं किसानहरुले अहिले धानको बिउ जोगाउन स्थायी र अस्थायी रुपमा तारबार गरेर राखेका छन् । स्थानियका अनुसार केहिले आफ्नो खेत वरपर पक्की रुपमा तारबार गरेका छन् भने केहिले खेतीपातीको बेला अस्थायी रुपमा झारपातहरुले ढाकछोप गर्दै आएका छन् ।
बजार क्षेत्रमा पहिले भन्दा अहिले केहि कम भएपनि छाडाचौपायको दिगो रुपमा ब्यबस्थापन हुन नसक्दा यसवाट आफुहरुले कहिल्यै छुटकारा नपाउने गोदावरी कै अर्की स्थानिय महिला गंगा अबस्थीले बताइन् । उनले बिउलाई त जसरी तसरी जोगाइरहेको भएपनि पछि रोपाई गरेपछि पुरा खेतलाई कसरी जोगाउने भन्ने चिन्ता बढेको बताइन् । छाडापौयायको समस्या प्रति जनप्रतिनिधिहरु पनि खासै जिम्मेवार नबनेकाले समस्याको समाधान हुन नसकेको स्थानियहरुको भनाई छ ।
अन्य वडामा छाडाचौपाय केहि कम भएपनि आफ्नो वडामा भने झन झन थपिदै गईरहेको गोदावरी नगरपालिका वडा नं ३ की कलावती खड्काले बताइन् । उनले अहिले बालीनाली बचाउनका लागि रातदिन खेतमै गएर बस्नुपर्ने बाध्यता रहेको बताइन् । यि गाईगोरुहरु कहि टाढाका हैनन् , सर्ब प्रथम त यो घर घरवाट ल्याएर गाई गोरु बजारमा छोड्नेलाई समात्नुपर्छ उनले भनिन् यदि आफ्ना गाई गोरु अलपत्र छोडेमा तिनिहरुलाई कानुनी रुपमा कारबाहि गर्नुपर्छ अनि मात्रै समस्याको समाधान हुन्छ ।
उनले समस्याको समाधान हुनुको सट्टा झन झन बढ्नुमा जनप्रतिनिधिहरुको लापरबाहि रहेको खड्काले बताइन् । गाँउ गाउँमा खोडीहरु मात्रै बनाएर नहुने बताउदै उनले जनप्रतिनिधहरुले कडा रुपमा प्रस्तुत नभएसम्म आफुहरुका दुख बर्षै यस्तै रहने गुनासो गरिन् । यो समस्या तराईका दुवै जिल्ला कैलाली र कञ्चनपुरका सबैजसो स्थानिय तहमा रहेको छ । छाडा चौपायको ब्यबस्थापनका लागि गोदावरी नगरपालिकाले गत आर्थिक बर्षमा ४९ लाख र चालु आर्थिक बर्षमा १२ लाख ४६ हजार गरेर ६१ लख ४६ हजार रुपैया खर्च गरेको गोदावरी नगरपालिकाका प्रबक्ता एबम् वडा नंं १ का वडा अध्यक्ष शर्मानन्द भट्टले जानकारी दिए ।
तर त्यो सबै खर्च बालुवामा पानी हाले जस्तै भएको छ । नगरपालिकाले गरेको खर्चले बजार क्षेत्रका गाई गोरुहरु केहि कम भएपनि गाउँघरमा भने अझै दुख दिइरहेका छन् । प्रबक्ता भट्टले समाधानका लागि नगरपालिकाले थुप्रै प्रयासहरु गरेपनि त्यो सफ हुन नसकेको बताए । यो हाम्रो नगरपालिकाको समस्या भएको भएमात्रै समाधान गर्न केहि समय लागे पनि समाधान हुन्थ्यो तर यो त समर्ग कैलाली र कञ्चनपुरका स्थानिय तहको समस्या भएकाले यसको समाधान गर्न निकै कठिन भैरहेको छ उनले भने यसका लागि हामीले सबै स्थानिय तहसंग छलफल तथा सल्लाह गरिरहेको छौ यो समस्या बिस्तारै हट्नेछ । उनले छाडा पशुचौपायको दिगो ब्यस्थापनका लागि कैलाली र कञ्चनपुरका सबै स्थानिय तहसंग समन्ब्य गर्ने काम भैरहेको बताए ।
फोटोमा हेर्नुस









धानको बिउ जोगाउन गोदावरी नगरबासीले आ आफ्नो खेतको वरपर लगाएको तारबार